www.tandavnews.com
Fact ~ In search of truth

अटेरी उम्मेद्वारी घोषणा गर्नेको संख्या थपिदै

पोखरा ।

स्वतन्त्र (अटेरी) उम्मेद्वारी घोषणा गर्नेको संख्या देशभर थपिदै छ । स्थानीय तहलाई दलरहित बनाउने उद्देश्य सहित सुरु भएको अटेरीमा पोखरा सहित देशभर उम्मेद्वारी घोषणा गर्नेको संख्या थपिदै छ ।

पोखरामा वडा नम्बर ३ र २५ मा पनि वडा सदस्य पदका लागि ३ जनाले उम्मेद्वारी घोषणा गरेका छन् । पोखरा ३ मा दिनेश शाही र पुनम खड्का शाहीले वडा सदस्य पदका लागि उम्मेद्वारी घोषणा गरेका छन् ।

Batas

यस्तै वडा नम्बर २५ मा नवीन त्रिपाठीले वडा सदस्य पदका लागि उम्मेद्वारी घोषणा गरेका हुन् । यसअघि २५ को वडा अध्यक्ष पदमा सोमनाथ अधिकारीले उम्मेद्वारी घोषणा गरि सकेका छन् ।

हिजो शनिबार वडा नम्बर ३ का वडाध्यक्ष महेश उदासले घोषणापत्र सार्वजनिक गरि सकेको अटेरीका निर्वाचन अभियान संयोजक हरि कार्कीले जानकारी दिए ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.