www.tandavnews.com
Fact ~ In search of truth

ढिस्को खस्दा ज्यान गयो

पाँचथर।

घर निर्माणका लागि शुभसाइत गर्ने क्रममा माटोको ढिस्को खसेर पुर्दा पाँचथरको फिदिममा एक जनाको ज्यान गएको छ । घर निर्माणका लागि शुभसाइत गर्ने क्रममा पुजारीको काम गरिरहेका फिदिम–१ का ६५ वर्षीय गोपालप्रकाश ढुङ्गानाको ढिस्कोले पुर्दा मृत्यु भएको हो ।

फिदिम नगरपालिका–१ बुद्धमार्गका मदन पन्धाकको घडेरीमा घर निर्माणका लागि शुभसाइत गर्ने क्रममा आज बिहान ८ बजे ढुङ्गानालाई माटोको ढिस्को र सेफ्टी ट्याङ्की झरेर पुरेको थियो । दुई वटा जेसिबी मेसिनको सहायतामा करिब ५० मिनेटपछि ढुङ्गानाको उद्धार गरी जिल्ला अस्पताल पु¥याइएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घटनामा घर निर्माण गर्न लागेका मदनकी भतिजी साहिसा पन्धाककोसमेत शरीरको आधा भाग ढिस्कोले पुरेको थियो । उनलाई सुरक्षाकर्मीको सहयोगमा स्थानीयवासीले उद्धार गरेका थिए । मृतक ढुङ्गाना सेवानिवृत्त शिक्षक हुन । उनले लामो समय फिदिम नगरपालिका–४ स्थित सुखबोध माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारीसमेत सम्हालेका थिए । ढुङ्गाना नेकपा (माओवादी केन्द्र) प्रदेश नं १ सल्लाहकार कमिटीका सदस्यसमेत हुन । मृतकलाई जिल्ला अस्पतालमा शव परीक्षणपछि परिवारलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.