www.tandavnews.com
Fact ~ In search of truth

हृदयको आवाजले दियो कार्यक्रम सञ्चालन सम्बन्धि तालिम

पोखरा।
हृदयको आवाज कास्कीको आयोजनामा महिलाहरुका लागि ३ दिवसीय उद्घोषण तथा कार्यक्रम सञ्चालन सम्बन्धि तालिम गरिएको छ ।

पोखराको बाटुलेचौरमा रहेको कालिका बहुदेस्यीय सभाहलमा बैसाख २ गतेदेखि ५ गतेसम्म भएको उक्त तालिममा विभिन्न आमा समुहमा आवद्ध ३० जना महिलाहरुको सहभागिता थियो । तालिमको समापनका अवसरमा बोल्दै हृदयको आवाज कास्कीका अध्यक्ष शारदा बस्नेतले महिलाहरुलाई सक्षम ढंगले कार्यक्रम सञ्चालनबारे जानकारी दिन र बोल्ने कलाको थप विकास गर्न संस्थाले तालिम आयोजना गरेको बताइन् ।

कार्यक्रममा बोल्दै सहभागीहरु मध्येकी नारायणी बस्नेतले मञ्चमा उभिएर बोल्दा निकै डर लाग्ने गरेको भएपनि ३ दिनको तालिमले आफूहरुमा आत्मविश्वास बढेको बताइन् । तालिममा सहभागीहरुले आगामी दिनमा सफल उद्घोषक बन्ने अठोट व्यक्त गरे ।
तालिममा थ्रि एन्जल्स रेडियोका कार्यक्रम व्यवस्थापक जीवन सुवेदीले सहजीकरण गरेका थिए । तालिमपछि सहभागिताको प्रमाणपत्र वितरण गर्दै प्रशिक्षक सुवेदीले सिकाइलाई व्यवहारिक प्रयोगमा ल्याउन आग्रह गर्दै सबै सहभागीहरूलाइ सफलताको शुभकामना व्यक्त गरे ।

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.