www.tandavnews.com
Fact ~ In search of truth

एमाले पोखरा १४ मा ११११ सदस्यीय निर्वाचन कमिटी गठन

पोखरा।
एमाले पोखरा १४ ले ११ सय ११ सदस्यीय स्थानीय तह निर्वाचन परिचालन लागि कमिटी गठन गरेको छ । आइतबार र सोमबार बसेको वडास्तरीय भेलाले जिल्ला कमिटी सदस्य एवं वडा इन्जार्ज बलबहादुर सेन्चुरीको संयोजकत्वमा कमिटी बनाएको हो ।

निर्वाचनमा आफ्ना उम्मेदवार जिताउन कमिटी गठन गरी जिम्मेवारी बाँडफाँट भएको छ । निर्वाचन परिचालन कमिटीमा सह–इन्चार्ज माओ थापा, ढालबहादुर गुरुङ र राजन कार्की छन् । सचिवमा कृष्णप्रसाद बराल, सहसचिवमा पार्वती ढुंगाना र शोभा भुजेल छन् । जनवर्गीय संगठनका अध्यक्षलाई पदेन सदस्य राखिएको छ ।

आन्तरिक निर्वाचनबाट वडाबाट अध्यक्षमा ३ जना सिफारिस भएका छन् । जसमा कृष्ण कुँवर (बटुकृष्ण), क्याप्टेन डेलबहादुर गुरुङ र नन्दकला नेपाली छन् । कृष्ण कुँवर एमाले १४ अध्यक्षसमेत हुन् । दलित महिलातर्फ ३ जना, खुला महिलातर्फ ३ जना र खुलातर्फ ६ जनाको नाम सिफारिस गरिएको छ । वडामा दलित तर्फबाट १, खुला महिला तर्फबाट १ र खुला तर्फबाट २ जना उम्मेदवार हुन्छन् । आन्तरिक निर्वाचनबाट दलित सदस्यतर्फ माया विक, शोभा विक र सृृजना सुनार सिफारिस भएका छन् । खुलातर्फ सदस्यमा गोपाल सापकोटा, जितेन्द्रजंग थापा, ढोलबहादुर गुरुङ, मानबहादुर भुजेल, यमबहादुर शाही र रामप्रसाद खतिवडा सिफारिस भएका छन् । खुला महिलातर्फ सुनमाया आले, यशोदा केसी भट्टराई र सरिता बास्तोला छन् ।

Batas

बैठकले वैशाख ३० गते हुने स्थानीय चुनावका लागि आर्थिक विभाग, प्रचारप्रचार विभाग र ८ वटा विभाग गठन गरेको छ । आर्थिक विभाग संयोजकमा क्याप्टेन डेलबहादुर गुरुङ र प्रचारप्रचार विभागको संयोजक पृथ्वी कुँवर छन् । संयोजक कुँवरले प्रचारप्रचार थालिएको बताए ।

सोमबार नै क्षेत्र नम्बर १ र २ मा अगुवा कार्यकता भेला गरिएको एमाले पोखरा १४ का वडाध्यक्ष उम्मेदवार कृष्ण कुँवार ९बटुकृष्ण०ले जानकारी दिए । ‘१४ नम्बर वडालाई ८ वटा क्षेत्र नम्बरमा विभाजित गरेका छौं । यसमा १ र २ सकियो । अब बाँकी क्षेत्रमा बुधबारदेखि अगुवा कार्याकर्ता भेला गरिन्छ,’ अध्यक्ष कुँवरले भने ।

अगुवा कार्यकर्ता भेलाको अध्यक्षता वडाको क्षेत्र नम्बर २ की अध्यक्ष सुनामाया आलेले गरेकी थिइन् । कार्यक्रममा अध्यक्ष उम्मेदवार कुँवर, जिल्ला कमिटी सदस्य तारामाया थापा, जिल्ला कमिटी सचिवालय सदस्य, विजया सुवेदी, जिल्ला कमिटी वडा इन्चार्ज सेन्चुरी र गण्डकी प्रदेश सदस्य रुद्र खत्री र ओमबहादुर क्षेत्रीले बोलेका थिए । ०७४ को निर्वाचनमा पोखरा १४ मा वडाध्यक्षसहित सबै पदमा एमाले उम्मेदवार विजयी भएका थिए ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.