www.tandavnews.com
Fact ~ In search of truth

‘३० प्रतिशतमात्र कर्मचारीमात्रै काममा फर्किए’

पाेखरा
ताण्डव न्यूज । 

कोभिडले पोखराका होटेल बन्द भएपछि गाउँ गएका कर्मचारीहरु अझै काममा फकिएका छैनन् । पोखराको पर्यटन क्षेत्र विस्तारै चहलपहल हुन थालेपनि होटेलमा काम गर्ने कर्मचारीहरुको अभाव हुने देखिएको छ ।

होटेल दियो सञ्चालक ईश्वरी पाण्डेले काम गर्ने कर्मचारी केही मात्रामा आएपनि पहिला जस्तो ढुक्कको व्यापार नभएको बताए । उनले फेरी कोभिड आउने हो कि भन्ने डरले व्यापारको टुंगो नहुुँदा कर्मचारीलाई बोलाउन नसकेको बताए । पछिल्लो समय कोभिड बिरुद्धको पूर्ण मात्रा खोप लगाएपनि थला परेको पर्यटन क्षेत्र उकास्न अझै केही वर्ष लाग्ने उनले बताए ।

Batas

होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बिदामा घर गएका कर्मचारी नफर्कदा अब भने समस्या पर्ने बताउए । अब विस्तारै होटेल व्यवसाय लय समाउन थालेपनि ३० प्रतिशतमात्र कर्मचारी काममा फर्किएको सुवेदीले बताए । उनले भने, ‘‘लेकसाइडका होटेलमा १५ हजारले रोजगारी पाएका छन् । ती मध्ये ३० प्रतिशतमात्र कर्मचारी काममा फर्किएका छन् । बाँकी कोही विदेश गए या गाउँमै केही गर्दैछन् होला ।’’ कोभिडले वर्षेनी काममा बाधा पु¥याएपछि केहीले बैकल्पिक पाटो रोजेको हुन सक्ने उनको आँकलन छ । पोखराको पर्यटन पूर्ण रुपमा चलायमान भएसँगै कर्मचारीको पनि आवश्यक हुने उनले बताए ।

सुवेदीका अनुसार पोखरामा ४ सय २५ होटेल संघमा दर्ता भएका छन् । पोखरा र आसपासमा गरी १२ सय होटेल छन् जसमा ३५ हजार बेड संख्या छन् । उनले भने, ‘‘४० हजार पाहुना पोखरा आएपनि थेग्न सक्ने क्षमता छ । लेकसाइड र ड्यामसाइड गरी ७ सय होटेल छन् ।’’

अहिले भारतीय मुलुकबाट आउने पर्यटकले बढी मात्रामा होटेल बुकिङ हुने गरेको उनले बताए । घुमफिर र धार्मिक मठमन्दिर दर्शन गर्न आउने आन्तरिकसँगै भारतीय मुलुकका पर्यटकमात्र रहेको उनको भनाई छ । अहिले स्कुलमा पनि भ्रमणको सिजन सुरु र भारतीय ठूला गाडी आउन सहज हुने भएकोले पनि पोखराको पर्यटन क्षेत्र चलाएमान बन्दै गएको उनले सुनाए ।

उनले भने, ‘‘कोरोनापछि थला परेको स्थितिमा अहिले तेस्रो मुलुकबाट पर्यटक आउने सम्भावना कम भइरहँदा पोखराको पर्यटन पूर्णरुपमा आन्तरिक पर्यटनले नै धानेको हो । विशेष गरी पछिल्ला समय पोखरामा भएका लोकसेवा आयोगको परीक्षा, विभिन्न राजनीतिक पार्टी, संघसंस्थाहरुको सभा सम्मेलन पोखरामा हुँदा आन्तरिक पर्यटन बढे । जसले गर्दा व्यवसायीहरु लाभान्वित भएको अवस्था हो ।’’ आन्तरिक पर्यटक हरेक हप्ता ३५ प्रतिशतसम्म आउने गरेको उनले बताए ।

उनले भने, ‘‘अंग्रेजी नयाँ वर्षमा ७० प्रतिशत जस्तो अकुपेन्सी थियो । पछि माघ महिनामा कोभिडले फेरी शून्यमा झा¥यो । विस्तारै भारतीय पर्यटकहरु देखिन थाले । एक्यापका अनुसार तेस्रो मुलुकबाट सयको हाराहारीमा र भारतीय मुलुकबाट ४ सय हाराहारीमा पर्यटन पदयात्रा जाने गरेको पाइएको छ ।’’

कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउने विदेशी पर्यटकलाई क्वारेन्टाइनमा बस्न नपर्ने भएकोले पनि पर्यटकको संख्या अहिले सुधारिएको छ । होटेल संघले वर्षेनी गर्दै आएको ‘‘जाउँ है पोखरा’’ अभियानले पनि पर्यटन प्रचारमा सघाउ पुगेको उनले बताए । उनले भने, ‘‘जाऊँ है पोखरा भनेर २ दशक अघिबाट अभियान चलाउँदै आयो । अब आन्तरिक पर्यटक पनि ल्याउनुपर्छ है भन्दै हामीले इलामबाट यो अभियान सुरु गरेका हौँ । हिजोको शून्य अवस्थामा अहिले ठूलो पर्यटकको आगमन भएको छ । अहिले होटलहरु जस्तो भन्यो त्यस्तै पाउँछौ । वास्तवमै आन्तरिक पर्यटनलाई प्रबद्र्धन गर्न सक्ने हो भने मात्र पर्यटनको संख्यामा वृद्धि गर्न सकिन्छ ।’’

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.