www.tandavnews.com
Fact ~ In search of truth

मदन–आश्रितको शालिक तोडफोडप्रति ध्यानाकर्षण

काठमाडौँ।

मदन भण्डारी फाउण्डेसनले हेटौँडा उपमहानगरपालिका–९ मा निर्माण हुँदै गरेको जननेता मदनकुमार भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

फाउण्डेसनका सचिव पेम्बा लामाले आज विज्ञप्ति जारी गरेर लोकतान्त्रिक र सामाजिक रुपान्तरणको आन्दोलनमा होमिएबापत मृत्यु वरण गर्नुपरेका दुई लोकप्रिय नेताका नाममा स्थापित संरचनालाई क्षति पु¥याउनु विकृत मानसिकता र अलोकतान्त्रिक व्यवहार भएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा लोकतन्त्रको उच्चतम् अभ्यासका रुपमा रहेको स्थानीय तह निर्वाचनको प्रक्रिया सुरु भएसँगै भएको यो घटनाले लोकतान्त्रिक शक्तिलाई चुनौती दिएको अनुभूति भएको जनाउँदै घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.