www.tandavnews.com
Fact ~ In search of truth

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो ३ बजेसम्मका लागि स¥यो

काठमाडौँ।

सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो ३ बजेसम्मका लागि सरेको छ । यसअघि आज बिहान ११ बजे बस्ने भनिएको बैठक विशेष कारणवश दिउँसो ३ बजेसम्मका लागि सारिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

केन्द्रीय कार्यसम्पादन बैठकमा वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी टुङ्गो लगाउने कार्यक्रम रहेको छ ।

दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको बैठकमा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरेको छ ।

रासस

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.