www.tandavnews.com
Fact ~ In search of truth

एमाले पोखरा: ‘मेयर रिङ’मा कृष्ण थापाको इन्ट्री

पोखरा
ताण्डव न्यूज ।

नेकपा एमालेले पोखरा महानगरको मेयरका लागि कृष्ण थापालाई उठाउने भएको छ । उम्मेदवार मनोनयन दर्ताको अन्तिम दिन एमालेले थापालाई उठाउने निर्णय गरेकोे हो ।

पार्टीले यसअघि दीपक पौडेल उठाउने निर्णय गरेकोमा विरोध भएपछि अन्ततः थापाको इन्ट्री भएको हो ।

Batas

थापा गण्डकी प्रदेश सांसद हुन् । सांसदबाट राजीनामा दिएर आज उनले मनोनयन दर्ता गर्नेछन् ।

यस्तै, उपमेयरमा मञ्जुदेवी गुरुङलाई नै निरन्तरता दिने एमालेले जनाएको छ ।

 

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.