www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगरपालिका: गठबन्धन र नेकपा एमालेका तर्फबाट उम्मेदवारी दर्ता

पाेखरा।

पोखरा महानगरपालिकामा नेपाली कांग्रेस सहितका पाँच दलीय गठबन्धनका तर्फबाट महानगरपालिकाको प्रमुख पदमा धनराज आचार्य र उपप्रमुख पदमा कोपिला रानाभाटले उम्मेदवारी दर्ता गरेका छन्।

त्यस्तै नेकपा एमालेका तर्फबाट प्रमुख पदमा कृष्ण थापा र उपप्रमुख पदमा मञ्जुदेवी गुरुङले उम्मेदवारी दर्ता गरेका छन्। पार्टीका नेता तथा कार्यकर्ताको उपस्थितिमा सहिदचोकस्थित निर्वाचन अधिकृतको कार्यालयमा उनीहरूले उम्मेदवारी दर्ता गरेका छन्।

उम्मेदवारी दर्ताका क्रममा पत्रकारसँगको कुराकानीमा गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार आचार्यले निर्वाचित भएसँगै पोखराको समुन्नति र आम पोखरेलीको अपेक्षा अनुरुप काम गर्ने प्रतिवद्धता व्यक्त गरे।

नेकपा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार थापाले निर्वाचित भएसँगै पोखरेलीको चाहना अनुरुप समृद्धि र विकासका लागि निरन्तर लाग्ने बताए। प्रमुख दल सहित अन्य राजनीतिक दल एवम् स्वतन्त्र उम्मेदवारले निर्वाचन अधिकृतको कार्यलयमा आफ्नो उम्मेदवारी मनोनयन दर्ता गरेका छन्।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.