www.tandavnews.com
Fact ~ In search of truth

आँधिखोला गाउँपालिका अध्यक्षमा कांग्रेसबाट प्रेम पौडेलको उम्मेदवारी, तलब भत्ता नलिने घोषणा

स्याङ्जा
तण्डव न्यूज ।

स्याङ्जास्थित आँधिखोला गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसबाट प्रेम पौडेलको उम्मेदवारी दर्ता भएको छ । कांग्रेस राजनीतिमा स्वच्छ छवि भएका नेताको रुपमा स्थापीत पौडेलले आज र्याली सहित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराए ।

उम्मेदवार पौडेल २०४६ सालमा पोखरास्थित पृथ्वी नारायण क्याम्पसको नेपाल विद्यार्थी संघको सचिव हुँदै २०४९ सालमा नेवि संघ स्याङ्जाको सभापती भएका थिए ।

Batas

शालिन व्यक्तित्व एवं भद्र छविका पौडेल २०५३ सालमा नेविसंघको केन्द्रिय सदस्य भए । सामान्य किसान परिवारमा जन्मिएर राजीतिमा गर्विलो ईतिहास बनाएका पौडेल २०५६ सालमा विश्वप्रकाश शर्मा नेवि संघ अध्यक्ष हुँदा उपाध्यक्ष थिए ।

उनि ३ कार्यकाल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत भए ।

हालसम्म कुनै लाभको पद नलिएको दाबी गर्दै उम्मेदवार पौडेलले गाउँपालिकामा सुशासन एवं समृद्धिका लागि अध्यक्षमा उम्मेदवारी दिएको बताए । उनले गाउँपालिकाका नागरिकको हकहितका लागि होस्टेमा हैँसे गर्दै अघि बढ्ने प्रतिबद्धता गरे ।

उम्मेदवारी लगत्तै उनले तलब भत्ता नलिने समेत घोषणा छन् । उनिसँगै कांग्रेसका तर्फबाट गाउँपालिकाका ३२ उम्मेदवारले तलब भत्ता नलिने घोषणा गरेका हुन् ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.