पाेखरा।
पोखरा महानगरपालिका– १३ को वडाअध्यक्षमा उम्मेदवारी दिएका कांग्रेस नेता किरण बरालले घरदैलो कार्यक्रम सुरु गरेका छन् ।
चुनवी अभियान आरम्भ गर्दै बरालले आफूले विदेशमा सिकेको सीप र अध्ययन वडाको विकासका लागि खर्चिने प्रतिवद्धता व्यक्त गरे । युवादेखि सम्पूर्ण उमेर समूहका नागरिकका समस्यालाई वडाबाट व्यवस्थित तरिकाले सम्बोधन गर्दै नमुना वडाका रूपमा विकास गर्न आफू तयार रहेको उनले बताए ।

२०७४ को चुनावमा फराकीलो मतान्तरले पराजित भएको कांग्रेसलाई जिताउने गरी आफू लागेको उनले बताएका छन् । उनले भने, ‘हिजो सबैभन्दा धेरै मतान्तरले हारेको वडा हो। अब हामी ब्याज सहित सबैभन्दा बढी मतान्तरले जित्छौं ।’
देशबाट पलाएन हुन लागेका युवा हरुलाई आफनौ देशमा रोजगार सिर्जना गर्न प्रतिबद्धता ब्यक्त गर्दै पाेखरा महानगरपालिका भित्रका ३३ वडा मध्य १३ नम्वर वडा लाई नमुना बनाउने बताएका छन् । विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय नेता बराल अस्ट्रेलियाबाट अध्ययन सकेर नेपाल फर्किएका हुन् ।
© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.