www.tandavnews.com
Fact ~ In search of truth

देशकै ठूलो महानगर हाँक्न तम्सिएका उम्मेदवार के भन्छन् ?

पोखरा।

पोखरा महानगरपालिकाको जनप्रतिनिधि बन्ने दौडमा रहेका उम्मेद्वारहरुले पोखराको विकाशका लागि आ आफ्ना प्रतिवद्धताहरु व्यक्त गरेका छन् । हिमालय टेलिभिजन पोखरा व्यूरोको संयोजकत्वमा आयोजना गरिएको निर्वाचन लक्षित विशेष कार्यक्रम निर्वाचन महासंग्राम ग्राउण्ड जिरो अन्तर्गत पोखरामा बुधबार भएको कार्यक्रममा उम्मेदवारहरुले आ आफ्ना दावी पेश गरे ।

महानगरमा मेयर पदका दावेदार एमालेका कृष्ण थापाले विगतमा एमालेले गरेका कामहरुलाई जनताले मुल्याङ्कन गरेको र त्यसैलाई आधार बनाएर आफू जनताको घरदैलोमा मत माग्न जाने बताए । “हामी र हाम्रो पार्टीका श्रद्देय अध्यक्ष केपी शर्मा ओली नेतृत्वले देशको विकाशका लागि जुन ऐतिहासिक कामहरु गरेको छ हामी त्यसैको बलमा निर्वाचनमा जान्छौँ” थापाले भने “२०५४ सालमा म पोखराको मेयर हुँदा विकाशका धेरै मोडलहरु तयार पारेको थिएँ, नीतिहरु बनाएका थियौँ, आज ति नीतिहरु कार्यान्वयनका लागि हाम्रो नेतृत्व जनताले खोजिरहेका छन् ।

Batas

” विकाशका काममा जसको नीति उसको नेतृत्व भएमा मात्र पोखराको मुहार फेरिने थापाको दावी छ । उनले पोखराको बारेमा निकै अध्ययन गरेर विकाशका योजनाहरु आफूले बनाएकाले जनताले विश्वास गरेर एमालेका उम्मेदवारहरुलाई जिताउने दावी समेत गरे । कार्यक्रममा बोल्दै ५ वर्षसम्म पोखराको मेयर पदमा रहेका एमालेकै जनप्रतिनिधिले जनताले चाहेजस्तो विकास गर्न नसकेकाले आफूहरु विकासका योजना सहित मैदानमा उत्रिएको र जनताले आफूहरुलाई विश्वास गर्ने नेपाली काँग्रेस सहित ५ दलीय गठबन्धनका तर्फबाट उम्मेद्वार बनेका धनराज आचार्यले बताए । आचार्यले भने

“हामीसंग अल्पकालिन र दीर्घकालिन योजनाहरु छन्, विगतमा पनि योजनाहरु त बने, तर दराजमा थन्किए, उनले भने “अब साँचो अर्थमा दिन तोकेरै विश्वास गर्नेगरी प्लानिङका साथ विकाशका योजना लिएर जानेछौँ ।” उनले गठबन्धन गर्नु रहर नभई वर्तमान परिस्थितिको आवस्यकता भएको दावी गरे ।

यद्यपी वर्षौसम्म राजनीतिमा लागेपनि निर्वाचनका बेला गठबन्धनका नाममा आम कार्यकर्ताहरुको भावना विपरित केन्द्रले निर्णय गर्दा आफूहरुमा नैरास्यता पैदा भएको भन्दै वागी उम्मेदवारी दिने क्रम पनि पोखरामा उस्तै छ । काँग्रेस कास्कीका कोषाध्यक्ष समेत भईसकेका ऋषिराम सापकोटाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले निष्ठावान नेताहरुको भावनामा पार्टीले खेलवाड गरेकाले आफूले स्वतन्त्र उम्मेद्वारी दिएको बताए ।

तर जन प्रतिनिधिले चाहेर पनि विकास गर्न नसक्ने अवस्था आइसककोे आरोप लगाउँदै स्थानीय तहमा दल होईन व्यक्ति हेरेर मतदान गर्नुपर्ने अवस्था रहेको मेयर पदका स्वतन्त्र अटेरी उम्मेद्वार गनेस पौडेलको भनाई छ । उनले भने “मैले जिते मात्र जनताले जित्नेहो, कतिपय समस्याहरु दलका नेताहरुले समाधान नै गर्न नसक्ने खालका छन ।” नेताहरुले आफ्ना कार्यकर्ताहरुकै रेखदेख गर्दा गर्दै जनताको काम गर्न चाहेर पनि गर्न नसक्ने अवस्था आएकाले आफूहरु स्वतन्त्र उम्मेद्वारी दिएको उनको भनाई थियो ।

दलहरुले प्रतिवद्धता गरेका सबैकुरा पुरा नभएपनि आंशिक रुपमा पुरा भएको र आवस्यकता भन्दा बढी महत्वाकांक्षी घोषणापत्र नै अहिलेको समस्या रहेको पोखरामा लामो समय राजनीतिशास्त्री प्राध्यापक डा. उमानाथ बरालले बताए । दुई चरणमा आयोजित उक्त कार्यक्रम अन्तर्गत एमालेका तर्फबाट उपमेयर पदका उम्मेदवार मन्जुदेवी गुरुङ, गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेदवार कोपिला रानाभाट, विभिन्न वडाका वडा अध्यक्ष लगायत स्वतन्त्र उम्मेदवारहरु संग पनि अन्तक्रिया भएको थियो ।

सो अवसरमा सहभागीहरुले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै उम्मेद्वारहरुसंग गुनासो गरेका थिए । निर्वाचन महासंग्राम अन्तर्गत पोखरामा भएको उक्त कार्यक्रमको सञ्चालन हिमालयकर्मी जगन्नाथ दुलालले गरेका थिए ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.