www.tandavnews.com
Fact ~ In search of truth

विपीको शालिकमा माल्यार्पण गर्दै तिम्सीनाले शुरु गरे घरदैलो अभियान

पाेखरा।

नेकपा एमालेकातर्फबाट शुक्लागण्डकीका मेयरका उम्मेदवार मुक्तिनाथ तिम्सीनाले सहिद कृष्ण पौडेल र काङग्रेसका संस्थापक नेता विपीको शालिकमा माल्यार्पण गरि घरदैलो अभियानको शुभारम्भ गरेका छन् ।

बुधवार विहान ढोरबाराही मन्दिरको दर्शनपछि उनले शुक्लागण्डकी–८ स्थित सहिद कृष्ण र वडा नं. ४ मा रहेको विपीको शालिकमा माल्यार्पण गरेका थिए । सहिद कृष्ण २०४६ सालको आन्दोलनमा सहित भएका थिए । सहिद कृष्णको शालिकमा माल्यार्पणपछि मेयरका उम्मेदवार तिम्सीनाले देशको समृद्धिकोलागि सहिद बनेका पौडेलको संकल्पलाई पुरा गर्न पार्टीले आफूहरुलाई पठाएको बताउदै ५ वर्षे कार्यकाल सहिदलाई सम्झिएर काम गर्ने बताए ।

Batas

तिम्सीनासहितका उम्मेदवारले बुधवारै वडा नं. २ स्थित शसश्त्र युद्धमा सहिद भएकाहरुको सम्झनामा निर्मित सहिद स्मृर्ति पार्क र सहिद लालध्वज गुरुङको स्मृतिमा बनाइएको लालध्वज पार्कमा माल्यार्पण गरेका थिए । नेकपा एमाले शुक्लागण्डकी नगर कमिटीका अध्यक्ष समेत रहेका तिम्सीनाले यसअघि ढोरबाराही मन्दिरलाई साँची राखेरे विजयी पश्चात जनताकोबीचमा रहेर निष्पक्ष ढंगले काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उपमेयरका उम्मेदवार फुलमाया वाग्ले, वडा अध्यक्ष र सदस्यहरुका उम्मेदवारसहित पुगेका उनहरूले सुखी र समृद्ध शुक्लागण्डकीकोलागि सम्पूर्ण समय खर्चिने उल्लेख गरे । शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारलाई प्राथमिकता दिई नगरलाई आत्मनिर्भरतर्फ लैजाने उनले बताए । उनले १२ वटै वडामा समान विकास गर्ने प्रतिवद्धता जनाए । सो अवसरमा उपमेयरका उम्मेदवार वाग्ले, वडा नं. १ का अध्यक्षका उम्मेदवार एवम् नगर कमिटी सचिव रघुनाथ पौडेल लगायतले बोलेका थिए ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.