www.tandavnews.com
Fact ~ In search of truth

‘पोखरा–२१ मा एमालेको विकल्प छैन’: ईन्चार्ज गिरी

पोखरा
ताण्डव न्यूज ।
पोखरा–२१ मा यस पटकको स्थानिय चुनावमा पनि विगत जस्तै नेकपा एमालेले भारी मतान्तरले जित्ने नेकपा एमाले जिल्ला कमिटि कास्कीका सदस्य तथा पोखरा–२१ ईन्चार्ज अर्जुन गिरीले बताएका छन् ।

गत स्थानिय तह चुनावमा एमालेले विजय हात पारेर वडामा उल्लेखनिय विकासको काम गरेकाले यस पटक अझै धैरै मतान्तरले एमाले विजय हुने ईन्चार्ज गिरीले बताएका हुन् । ‘गत स्थानीय चुनावमा हामीले वडा अध्यक्षको हकमा १६ सय भन्दा बढि मतान्तर र मेयरको हकमा २ हजार बढि मतान्तरले विजय भएका थियौं,’ इन्चार्ज गिरीले भने, ‘यस पटक वडाध्यक्षको हकमा २ हजार बढि मतान्तर र मेयरमा २५ सय मतान्तरले विजय हुने पक्का छ ।’

वडामा भएका विकासका काममा एमालेले नै नेतृत्व गर्दै आएको गिरीले सुनाए । ‘एमाले मात्र एउटा यस्तो पार्टी हो जसले पोखरा–२१ मा विगत र वर्तमानमा विकासको निम्ती अतुलनिय योगदान दिदै आएको छ,’ उनले त्यहाँ भएको कामको बारेमा जानकारी दिँदै भने, ‘विगत र वर्तमानमा गरेको कामकै मुल्याङ्कन गर्दै त्यहाँका जनताले यसपटक भारी मत अन्तरले एमालेलाई स्थान दिने छ ।’

Batas

शिक्षा, स्वास्थ्य, खेलकुदा,यातायात लागयतका क्षेत्रमा भएको आमुल परिवर्तन नै एमालेको जित्ने मुल आधार रहेको गिरीले सु्नाए । ‘गत चुनावमा एमालेको तर्फबाट जितेका वडाध्यक्ष खगराज आचार्य र सदस्यहरुले नै राम्रो काम गरेका छन्, जुन विकास पोखरा–२१ मा आएपछि छर्लङ्ग देख्न सकिन्छ,’ उनले थपे,‘हाम्रो एमालेको उम्मेदवार चुनावको बेलासम्म मात्र हाम्रो हुन्छन् , चुनाव जितेपछि जनताको साझा व्यक्तित्व हुन्छन् । एमालेको उम्मेदवारलाई हामीले स्पष्ट भनेको हुन्छौँ कि जनताको काम नै पार्टीको साझा काम हो ।’

एमालेका उम्मेदवारलाई जिताउन ११ सय २१ सदस्य निर्वाचन परिचालन कमिटि सबै लागि परेको नेकपा एमाले पोखरा–२१ कमिटिका अध्यक्ष राजेन्द्र थापाले बताए । ‘हाम्रो पार्टी भाषणमा भन्दा काममा विश्वास राख्छ,’ अध्यक्ष थापाले भने, ‘त्यही कामको आधारमा हामी घरदैलो गर्दै छौं ।’

चुनावमा मात्र नभएर अरु बेलामा जनताको समस्य र गुनासो सुन्न बेला बेलामा टोलटोलमा पुग्ने गरेको नेकपा एमाले पोखरा–२१ कमिटिका सचिव रोशन भट्टराईले बताए । ‘हामीले हाम्रो वडामा धेरै काम गरेको छौ,’ उनले भने, ‘केही काम बाँकी छन, त्यसलाई पनि पुरा गर्छौँ ।’

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.