www.tandavnews.com
Fact ~ In search of truth

अवैध चितुवाको छालासहित तीन पक्राउ

कर्णाली।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक थान अवैध चितुवाको छालासहित वीरेन्द्रनगर बजारबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१४ सुर्खेत दर्नाकोट गाउँका २३ वर्षीय अम्मर थापा, सोही गाउँ बस्ने ४० वर्षीय भरतबहादुर बुढा र वडा नं १२ बस्ने ४० वर्षीय दलबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए। उनका अनुसार उनीहरूलाई बुधबार वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत बसपार्कस्थित नन्दबहादुर शाहीको सुनिता होटलबाट पक्राउ गरिएको हो।

चितुवाको छाला कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनीहरूलाई त्यहाँबाट पक्राउ गरेको । पक्राउ परेका तीनै जनाको आवश्यक अनुन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.