www.tandavnews.com
Fact ~ In search of truth

पाँच वर्षको काम देखेर मादीवासीको रोजाइँमा फेरि एमालेः महेन्द्र गुरुङ

पोखरा ।

भूगोलको हिसाबले कास्कीकै ठूलो पालिका हो, मादी गाउँपालिका । मादीको नेतृत्व गर्न नेकपा (एमाले)बाट युवा नेता शिवबहादुर गुरुङ (महेन्द्र) चुनावी प्रचारप्रसारमा जुटेका छन् । पोखरा बस्ने मादी गाउँपालिकाका मतदाताबीच एमालेबाट उम्मेद्वार बनेकाको परिचयात्मक कार्यक्रम बिहीबार गरिएको छ ।

एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीको विशेष उपस्थितिमा पोखरामा बस्ने मादी गाउँलेबीच अध्यक्ष, उपाध्यक्ष, १२ वटै वडाका वडाध्यक्ष र वडा सदस्य उम्मेद्वारको परिचयाच्मक कार्यक्रम गरिएको हो । मादी गाउँपालिकामा एमालेबाट प्रमुखमा महेन्द्र र उपाध्यक्षमा कल्पना गुरुङ उम्मेद्वार छन् ।

Batas

कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेद्वार गुरुङले पछिल्लो पाँच वर्षमा एमाले नेतृत्वको पालिका सरकारले प्रशंसालायक काम गरेकाले गाउँबासीले फेरि एमाले रोज्ने दाबी गरे । पर्यटन, कृषि क्षेत्र विकास, युवालाई उद्यमी बनाउने कार्यक्रम ल्याएर मादीको विकासमा सक्रिय हुने गुरुङले बताए ।

जनताको पीडा र हाँसो दुवै बखत आफू साथमा हुने गुरुङले बताए । मादीको पदयात्रा पर्यटनमा थप विकासका योजना ल्याउने उनले सुनाए । आफूसँग भिजन भएका नेतृत्वको एमालेको टिमबाटै मादीमा विकास निर्माण सम्भव भएको गुरुङको जिकिर छ । ‘एमाले नै विकास निर्माण गर्ने पार्टी हो भन्ने बनाउन अघि बढेका छौँ,’ गुरुङले भने, ‘मैले जितेमा मादीबासीको मत खेर जाँदैन । अपवित्र गठबन्धनलाई टुक्राएर, धमिल्याएर म नेतृत्वको टिम मादीको विकासमा लाग्छ ।’

गाउँमा एमालेको लहर देखेर गठबन्धन कमजोर भइसकेको अध्यक्षका उम्मेद्वार गुरुङको टिप्पणी छ । ‘गाउँ एमालेमय छ । यो संकेतले गठबन्धनको मुटु भइँमा खसिसकेको छ,’ उनले भने, ‘१२ वटै वडाका साथीहरु अपवित्र गठबन्धनको मुटु भइँमा खसेर कमजोर भएकाले निर्धक्क साथ जनताको घरमा गएर एमालेका योजना बुझाउँछौँ र मत माग्छौँ ।’

नेकपा (एमाले)बाट मादी १ मा उमरबहादुर गुरुङ, २ मा एकजंग गुरुङ, ३ मा ज्यामप्रसाद गुरुङ, ४ मा शिवप्रसाद सापकोटा, ५ मा सुब्बा गुरुङ, ६ मा डिलबहादुर क्षेत्री, ७ मा रामप्रसाद गुरुङ, ८ मा प्रेमबहादुर गुरुङ, ९ मा मनोजकुमार गुरुङ, १० मा रामराज सुवेदी, ११ मा सिंहमान तामाङ र १२ मा प्रकाश बराल एमालेबाट उम्मेद्वार छन् । मादीमा शुक्रबारदेखि घरदैलो कार्यक्रम गर्ने एमालेको तयारी छ ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.