www.tandavnews.com
Fact ~ In search of truth

नेपाल राष्ट्र वैंक पूर्व कर्मचारी संघ पोखराको अध्यक्षमा सिग्देल

पोखरा ।

नेपाल राष्ट्र वैंक पूर्व कर्मचारी संघ शाखा समिति पोखराको साधारण सभा तथा पाँचौ अधिवेशनले माधवप्रसाद सिग्देललाइ अध्यक्षमा चयन गरेको छ ।

बुधवार भएको अधिवेशनवाट समितिको उपाध्यक्षमा मुक्तिनाथ चालिसे, सचिवमा मातृकाराज घिमिरे, कोषाध्यक्षमा खिमवहादुर थापा र सह सचिवमा देवेन्द्र लम्साल चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा क्रमश धनपति वराल, विष्णुप्रसाद सापकोटा, भरतराज आचार्य र लबकुमार थापा रहेका छन् ।

Batas

अध्यक्ष सिग्देलले वर्तमान कर्मचारी र पूर्व कर्मचारी विच भावनात्मक सम्बन्ध सिर्जना गर्न समितिले भुमिका खेल्ने भने । पूर्व कर्मचारीको हक अधिकारका वारेमा पनि समितिले छलफल गर्ने अध्यक्ष सिग्देलले जानकारी गराए ।

नेपाल राष्ट्र वैंक पूर्व कर्मचारी संघ शाखा समिति पोखराका जेष्ठ सदस्य मिनकुमार श्रेष्ठले हामी सवै कर्मचारी एक जुट भएर अगाडि बढ्नु पर्ने धारणा राखे । कार्यक्रममा सचिव र कोषाध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन पारित भएको छ ।

नेपाल राष्ट्र वैंक पूर्व कर्मचारी संघ शाखा समिति पोखराका अध्यक्ष रामप्रसाद वस्ताकोटीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको कार्यक्रममा धनन्जय आचार्य, अमर अधिकारी, बसन्त प्रसाद अधिकारी, मान वहादुर नेपाली भुजेल लगायत वोलेको कार्यक्रममा वोलेको कार्यक्रममा सदस्य मातृकाराज घिमिरेले स्वागत, उपाध्यक्ष ठाकुर प्रसाद वरालले धन्यवाद र सह सचिव मुक्तिनाथ चालिसेले संचालन गरेका थिए ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.