www.tandavnews.com
Fact ~ In search of truth

हप्तामा दुई दिन बिदाको निर्णय होटल सङ्घ पाेखराद्वारा स्वागत

पाेखरा।

होटल सङ्घ पोखरा नेपालले हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णयलाई स्वागत गरेको छ । सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले आज एक विज्ञप्ति जारी गरी आगामी जेठ १ गतेबाट लागू हुने गरी मन्त्रिपरिषद्ले गरेको शनिबार र आइतबार दुई दिन बिदा दिने व्यवस्थाले पर्यटन क्षेत्रमा सकारात्मक असर पर्ने उल्लेख गरेका छन् । लामो समयदेखि विविध समस्या झेल्दै आएको पर्यटन क्षेत्रमा दुई दिने बिदाको व्यवस्थाले केही रुपमा भए पनि व्यवसायमा राहत पुग्ने विश्वास लिइएको विज्ञप्तिमा उल्लेख छ । सङ्घले दुई दिन बिदाको व्यवस्थालाई लामो समयदेखि माग गर्दै आएको पनि अध्यक्ष सुवेदीले स्मरण गरे।

कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र नै हुन पुगेको र दुई दिने बिदाको व्यवस्थाले कोरोनाबाट थलिएको पर्यटन क्षेत्रलाई केही रुपमा भए पनि चलायमान बनाउन र आर्थिक गतिविधि बढाउन थप मद्दत पुग्ने विश्वास सङ्घले लिएको विज्ञप्तिमा भनिएको छ ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.