www.tandavnews.com
Fact ~ In search of truth

सशक्त प्रतिवद्धता सहित काँग्रेस उम्मेद्वार बराल घरदैलोमा

पोखरा।

पोखरा महानगरपालिका– १३ को वडाअध्यक्षमा उम्मेदवारी दिएका कांग्रेस नेता किरण बरालले घरदैलो कार्यक्रम जारी राखेका छन् । चुनावी अभियान आरम्भ गर्दै बरालले आफूले विदेशमा सिकेको सीप र अध्ययन वडाको विकासका लागि खर्चिने प्रतिवद्धता व्यक्त गर्दै “देख्ने, सुन्ने, भन्ने र गर्ने वडा प्रशासन युवा नेत्रित्वमा स्वाबलम्बी अर्थतन्त्र र सुशासनू” भन्ने नारालाई अगाडि बढाएका छन् । युवादेखि सम्पूर्ण उमेर समूहका नागरिकका समस्यालाई वडाबाट व्यवस्थित तरिकाले सम्बोधन गर्दै नमुना वडाका रूपमा विकास गर्न आफू तयार रहेको बताउदै, उनले भने, “हरीत शहर हरित अर्थतन्त्र सफा सडक फोहोरलाई मोहोर हाम्रो मन्त्र हो ।”

देशबाट पलाएन हुन लागेका युवा हरुलाई आफनौ देशमा रोजगार सिर्जना गर्न प्रतिबद्धता ब्यक्त गर्दै पोखरा महानगरपालिका भित्रका ३३ वडा मध्य १३ नम्वर वडा लाई नमुना बनाउने बताएका छन् ।

Batas

हरीत शहर हरित अर्थतन्त्र ,सफा सडक फोहोरलाई मोहोर हाम्रो मन्त्र, वडा प्रशासनमा सहज पहुच , प्रबिधी मैत्री वडा हाम्रो प्राथमिकता लगायतका नारा उनले लिएका छन । त्यस्तै मतदाता र करदाताको उचित सम्मान, सुरक्षित भबिश्यको लागि सामाजिक सुरक्षा कार्यक्रम, उज्ज्वल भबिष्यको पूर्वधार, शिपमुलक गुणस्तरीय शिक्षा प्रमुख आधार वडा प्रशासनमा सहज पहुच प्रबिधी मैत्री वडा हाम्रो प्राथमिकता लगायत लोकप्रिय नाराका साथ उनी घरदैलोमा गईरहेका छन् ।

मतदाता र करदाताको उचित सम्मान सुरक्षित भबिश्यको लागि सामाजिक सुरक्षा कार्यक्रम ल्याउने उनका योजना छन् । उज्ज्वल भबिष्यको पूर्वधार शिपमुलक गुणस्तरीय शिक्षा प्रमुख आधारू भन्ने नारालाइ अघि सार्दै उम्मेदवार बरालले ती सबै पूरा गर्ने प्रतिवद्धता गरेका छन् । उनी विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय नेता बराल अस्ट्रेलियाबाट अध्ययन सकेर नेपाल फर्किएका हुन् ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.