www.tandavnews.com
Fact ~ In search of truth

अझै केही दिन वर्षा

काठमाडौँ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका विभिन्न स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालसम्मको न्यूनचापीय प्रणाली र स्थानीय वायु गरी तीन वटा संयुक्त मौसमी प्रणालीको प्रभाव रहेको छ ।

उक्त तीन मौसमी प्रणालीको प्रभावले अहिलेको मौसमी गतिविधि भइरहेको महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिए। अहिले प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको छ । दिउँसो पनि विशेष गरी प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका कतिपय स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ । मौसमी प्रणालीको प्रभाव कायमै रहेकाले अझै एक/दुई दिन वर्षा हुने मौसमविद् बासीले बताए। राजधानी काठमाडौँ उपत्यकामा बिहानैदेखि हल्का वर्षा भइरहेको छ । उपत्यकाको आकाश पूर्ण बदली रहेको छ ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.