www.tandavnews.com
Fact ~ In search of truth

“समृद्ध पोखरा लक्ष्य” सहित एमालेको प्रतिवद्धता सार्वजनिक (पूर्ण पाठ)

पोखरा।

नेकपा एमालेले पोखरा महानगर कमिटीले घोषणा पत्र सार्वजनिक गरेको छ । पोखरामा शनिबार आयोजित कार्यक्रममा एमालेले पोखराको आगामी पाँच वर्षको कार्ययोजना समेटिएको २० पृष्ठ लामो घोषणा पत्र सार्वजनिक गरेको हो ।

घोषणापत्रमा पोखरामा मनोरेल र मेट्रोलले सञ्चालन ल्याउने उल्लेख छ । पोखरा महानगरवासीको रहर, सुखी, खुसी, सभ्य र समृद्ध सहर भन्ने लक्ष्य पूरा गरी महानगरलाई सभ्य, सुखी, खुसी र समृद्ध नागरिकहरुको वैभवशाली सहर बनाउने लक्ष्य राखिएको छ । उत्कृष्ट मानव विकास सूचकांक भएको महानगर बनाउने, सामाजिक विभेद, जोखिम एवं न्यायपूर्ण, समावेशी र सहभागितामुलक नेपालको नमुना महानगरका रुपमा विकसित गर्ने लक्ष्य पनि घोषणा पत्रमा उल्लेख छ ।

Batas

पोखरा विकास प्राधिकरण गठन, सडक र सिँचाई, खानेपानी र बैकल्पिक उर्जा, कृषि तथा पशुपालन, बेरोजगारी समस्याको समाधान, आमसञ्चार माध्यम सञ्चालन, सुसासनका लागि प्रतिवद्धता लगायतका विषयहरु पनि घोषणापत्रमा समेटिएका छन् । कार्यक्रममा बोल्दै पोखरा महानगरका मेयरका उम्मेदवार कृष्ण थापाले तलब भत्ता नलिई जनताको सेवा गर्ने र आफू अब अन्तिम पटक निर्वाचनमा सहभागी भएको भन्दै महानगरको विकासका लागि आफ्नो नेतृत्व आवस्यक परेको बताए ।

उपमेयरका उम्मेदवार मन्जुदेवी गुरुङले विगतमा आफूहरुले गरेका विकासका काम नै मत माग्ने आधार भएको बताईन् । स्थानीय तहको जग बलियो बनाउनेगरी आफूहरुले काम गरेको र देशमा कोरोना लगायत विषम परिस्थितिको कारण थाति रहेका काम पूरा गर्न आफू पुनः उम्मेदवार बनेको उनको भनाई थियो ।

घोषण पत्र सार्वजनिक कार्यक्रममा एमाले उपाध्यक्ष ईस्वर पोखरेल, सचिव पृथ्वी सुब्बा गुरुङ, सह–सचिव पद्मा अर्याल, संगठन विभाग प्रमुख खगराज अधिकारी, महानगरका बहालवाला मेयर मानबहादुर जिसी लगायत सहभागी थिए ।

Uml-Pokhara-Manifesto

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.