www.tandavnews.com
Fact ~ In search of truth

पोखरा-२१ः ‘एमाले र रविन्द्र कहिल्यै भुल्न सकिदैँन’

पोखरा ।

त्यो बेला निर्मालपोखरी र कृष्ती गाविस थिए । ग्रामिण क्षेत्र कच्चि बाटो ( धुलाम्य) । विद्यार्थी विहान सेतो सर्ट लगाएर वेलुका घर फर्किदा सर्टको रङ नै धमिलो हुने । गृहिणी विहान पानी लिन गयो भने आधा दिन जान्थ्यो ।

दशकौँ यस्तै दुख झेलेका त्यहाँका वासिन्दाले तब मुक्ती पाए जब त्यो डाँडाले रविन्द्र अधिकारीलाई नेताको रुपमा पायो ।

Batas

दुवै भेग गाविस वडा हुदैँ अहिले एउटै वडा भएको छ । पोखरा–२१ नेकपा एमालेको ‘लाल किल्ला’ । त्यही वडामा एमालेको चुनावी कार्यक्रम चल्दै थियो । खाने पानी र बाटोको समस्या सुल्झाउने तिनै स्वर्गिय रविन्द्र अधिकारीलाई भावुक हुदै गुरुप्रसाद अधिकारीले सम्झिए । ‘यो ठाँउलाई बनाएको उनै रविन्द्र र एमालेले नै हो,’ उनले भने, ‘रविन्द्र गए, नत्र अझै कति गर्थे ।’ अधिकारीले रविन्द्रको योगदान नभुल्न सबैलाई अनुरोध गरे । ‘रवीन्द्र नभएपनि उनको पार्टी एमाले छ, हामी ढुक्क छाेँ,’ उनले थपे, ‘एमालेले नै दिएको वृद्ध भत्ता अहिले हामीले सजिलै पाएका छौ ।’

एमालेको काम देखेर रविन्द्रको पालामा एमालेमा प्रवेश गरेको कृष्ण वहादुर परियारले सुनाए । ‘म पहिला माओवादीको मान्छे थिएँ , एमालेले राम्रो काम गरेको देखेर रविन्द्रको पालामा प्रवेश गरे,’ विगत सम्झदै परियारले भने, ‘रविन्द्रले राम्रो काम गरे अझै कति योजना थियो होला, योजना पनि उनिसँगै विलाए । अरु पार्टीको आश छैन, एमालेले नै हो यो ठाँउमा गर्ने ।’

एमालेकै कारण पोखरा–२१ मा विकास सम्भव भएको दण्डपाणी अधिकारीले बताए । ‘ पहिला धेरै दुख पाएका थियौँ, अहिले सजिलै हिड्न पाएका छौँ,’ उनले पिच बाटो देखाउदै भने, ‘यो बाटो बनाएकै रविन्द्रले हो, ति बाबुले धेरै गरे । हामी अब अरु पार्टी सोच्नै सक्दैनौँ । एमालेलाई यो ठाँउमा कसैले पनि हराउन सक्दैन ।’

अहिलेको चुनाव मात्र नभएर कुनै पनि चुनावमा एमालेले नै विजय हासिल गर्ने कली अधिकारीले दाबी गरिन् । ‘रविन्द्रले धेरै काम गरेर गए अहिले पनि हामी एमालेकै भरमा छाैँ,’ उनले भनिन्, ‘आशामा सूर्य रहुन्जेल यो ठाँउले सूर्य मै भोट हाल्छन् ।’

नेकपा एमालेले काम गरेकै भरमा वृद्धवृद्धा,युवायुवती किशोरकिशोरीको मन जितेको नेकपा एमाले पोखरा–२१वडा कमिटीका अध्यक्ष राजेन्द्र थापाले बताए । ‘हाम्रो जित्ने मात्र लक्ष्य होइन भारी मत अन्तरले जित्नु छ,’ उनले भने, ‘पहिला पनि वडा अध्यक्षमा १५ सय र मेयरको हक २ हजार बढि मतले हाम्रो पार्टीले जितेको थियो,’ उनले सुनाए, ‘यस पटक त झन् धेरै मत अन्तर हुन्छ ।’ पोखरा–२१ ले विश्वास गरेको पार्टी मात्र एमाले रहेको थापाले दाबि गरे । ‘एमालेको विकल्पमा कुनै पार्टी थिएन, छैन र हुदैन पनि,’ उनले भने, ‘अरु पार्टीले गफ मात्र दिन्छन् एमाले सधै जनताको सुख दुखमा घरघर पुग्छ ।’

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.