www.tandavnews.com
Fact ~ In search of truth

“पोखरा ११ का मतदाता एमालेप्रति आकर्षित”

 पोखरा।

पोखरा महानगरपालिका वडा नं ११ का जनताहरु एमालेप्रति आकर्षित देखिएका छन् । नेकपा एमालेका उम्मेदवारहरुको घरदैलोका क्रममा यसपटको निर्वाचनमा एमाले र सूर्य चिन्हमै मतदान गर्ने उनीहरुको प्रतिवद्धता छ ।

आईतबार घरदैलोमा पुगेका वडा अध्यक्षका उम्मेदवार मीनबहादुर गुरुङ, वडा महिला सदस्य चन्द्रा शर्मा तिवारी, दलित महिला सदस्य हेमाकुमारी नेपाली, र खुल्ला सदस्यमा विष्णुप्रसाद आचार्य र कार्लोस गुरुङ लाई वडा नं ११का आम मतदाताले मतदानको बाचा गरेका हुन् ।

Batas

आईतबार काँहुकोट देउराली, तिलहार, लालिगुराँस टोल, पोखरीथोक हुँदै न्यास, राधाकृष्ण टोल हुँदै कालिकाचोकमा पुगेर समापन भएको थियो । घरदैलोका क्रममा वडा नं ११ मा यसअघिका जनप्रतिधिले स्थानीय आवस्यकता अनुसारको विकाश गर्न नसकेको आरोप लगाउँदै स्थानीय मतदाताहरुले मिनबहादुर गुरुङ सहितको टोलीलाई जिताउने प्रतिवद्धता जनाएका छन् ।

मतदाताको आशिर्वाद ग्रहण गर्दै वडा अध्यक्षका उम्मेदवार मिनबहादुर गुरुङले निर्वाचनअघि गरिएका सम्पूर्ण प्रतिवद्धता पूरा गरी समृद्ध वडा बनाउने अठोट व्यक्त गरे । बाटोघाटो, खानेपानी, पूर्वाधार, सामाजिक विकासका थुप्रै कामका योजना सुनाउँदै उनले अपाङ्गता भएका व्यक्तिहरु, ज्येष्ठ नागरिक, महिला र बालबालिकाका लागि आवस्यकता अनुसारका योजनाहरु कार्यान्वयन गरिने उनको प्रतिवद्धता थियो ।

घरदैलोका क्रममा ७० वर्ष माथिका करिब ३० जना ज्येष्ठ नागरिकसंग उनले आशिर्वाद लिए । अधिकांश ठाउँका मतदाताले विकासको लहरु ल्याउने पार्टी एमाले नै भएकाले यसपटक सूर्य चिन्हमै मतदान गर्ने बताएका छन् । पोखरा ११ मा चुनावी अभियान अन्र्तगत १ हजार १ सय ११ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरि प्रचारप्रसारलाई तीब्र पारिएको प्रचारप्रसार संयोजक मदनकुमार सुनारले जानकारी दिए ।

घरदैलो अभियानमा एमाले कास्की जिल्ला कमिटी सदस्य एवं वडा नं ११ का ईन्चार्ज बलबहादुर नेपाली, निर्वाचन परिचालन कमिटिका संयोजक सञ्जयकिशोर बास्तोला लगायत स्थानीय नेता कार्यकर्ताहरुको बाक्लो सहभागिता छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.