www.tandavnews.com
Fact ~ In search of truth

मादीमा माओवादीका वडा कमिटी अध्यक्ष एमाले प्रवेश

पोखरा ।

कास्कीको मादी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष नेकपा एमाले प्रवेश गरेका छन् । मादी ८, का माओवादी वडा कमिटी अध्यक्ष होमबहादुर गुरुङ आइतबार एमाले प्रवेश गरेका हुन् ।

उनलाई एमालेबाट मादी गाउँपालिका रहेका शिवबहादुर गुरुङ (महेन्द्र), उपाध्यक्ष उमेद्वार कल्पना गुरुङ लगायत नेताले एमालेमा स्वागत गरेका थिए । वडा कमिटी अध्यक्ष गुरुङसँगै मादीमा अन्य पार्टीमा सक्रिय १५ जना कार्यकर्ता एमाले प्रवेश गरेको एमाले मादी सचिव सुवास सापकोटाले जानकारी दिएका छन् ।

Batas

त्यस्तै नेपाली कांग्रेस परित्याग गरेर गुञ्जमान गुरुङ, नन्दलाल अधिकारी, कोपिला विक, दलबहादुर रिमाल, अमृत भुजेल, नमलाल अधिकारी, अमृत भुजेल, सन्जीव शाही, मीनबहादुर विक र माओवादी केन्द्रका सन्तोष शाहीलगायत नेकपा एमालेमा प्रवेश गरेका छन् ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.