www.tandavnews.com
Fact ~ In search of truth

मतदाता भेट्दै ‘रुपा एमाले’ का उम्मेदवार

पोखरा ।

नेकपा एमालेको तर्फबाट रुपा गाउँपालिकाका उमेद्वारले घरदैलो अभियानलाई तीव्र बनाएका छन् । रुपाका ७ वटै वडामा टोल तथा वडा कमिटी परिचालन गरेर उमेद्वारको घरदैलो अभियान जारी राखिएको अध्यक्षका उम्मेद्वार नवराज ओझाले जानकारी दिए ।

आइतबार अध्यक्ष उमेद्वार ओझा, उपाध्यक्ष लालसुब्बा गुरुङ, वडा नं ३ अध्यक्ष दिपेन्द्र गौतमसहितको टोलीले वडा नं ३ का पिपलटार, ठाँटीथर, छापपाखा, जैउचौर र मोहोरियाटारमा घरदलौ गरेका छन् ।

Batas

अघिल्लो पाँच वर्ष भौतिक विकासमा फड्को मारेको रुपमा गाउँपालिकालाई अब आर्थिक, सामाजिक र मानवीय विकासमा अगाडी बढाउने वाचा गर्दै उमेद्वारले जनतासंग मत मागेका थिए ।

‘समृद्ध रुपा बनाउने अभियानमा छौं, अघिल्लो कार्यकाय बाटो, विद्यालय, खानेपानी, स्वास्थ्य क्षेत्रमा विकासका थुप्रै योजना सम्पन्न गरेका छौं, अब जनतालाई आर्थिक रुपमा मजबुत बनाउने र सबै हिसाबमा नेपाल कै नमुना गाउँपालिका बनाउन सूर्य चिन्हमा मतदान गरेर विजयी गराउनुहुनेछ भन्ने विश्वास लिएका छौं ।’ घरदैलोपछि कोणसभालाई सम्बोधन गर्दै अध्यक्षका उमेद्वार ओझाले भने ।

यसैगरी वडा नं ३ मा बृहत युवा ¥याली सम्पन्न भएको युवा संघ रुपा गाउँपालिका संयोजक उपेन्द्र गुरुङले जानकारी दिएका छन् । ¥याली पश्चातको कोणसभालाई सम्बोधन गर्दै वडा नं ६ अध्यक्षका उमेद्वार नारायण गुरुङले अघिल्लो कार्यकालमा थुप्रै काम सम्पन्न भएको उल्लेख गर्दै बाँकी अधुरा काम पुरा गर्न पुनः उमेद्वारको रुपमा मत माग्न जनताको घर दैलोमा आएको बताए ।

त्यस्तै गाउँपालिका अन्तरगत वडा नं ५ को काफल डाँडा, खडागाउँमा समेत घरदैलो अभियान सम्पन्न भएको छ । वडाअध्यक्षका उमेद्वार राजन खनालले वडा नं ५ भित्र बाटो, खानेपानी, सिंचाई, आवास, शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका कामको मूल्याकंन गरेर मत दिन आग्रह गरेका छन् । उनले अघिल्लो पटकको निर्वाचनभन्दा बढी मतान्तरले आफूहरु विजयी हुने उनको दावी छ ।

‘वडासदस्य र कार्यवहाक वडाध्यक्षको रुपमा काम गर्दै जनताको घरघरमा पुगेर सेवा गर्ने अवसर पाएको छु, यहाँहरुको समस्यालाई नजिकबाट बुझ्ने अवसर मात्रै होइन, समस्यालाई सामाधान गरेका थियौैं, अब बाँकी काम र सपना पुरा गर्ने बाचा गर्छु ।’ खडागाउँमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले भने ।

रुपा गाउँपालिकामा सूर्य चिन्हका उमेद्वारलाई विजयी गराउन विद्यार्थी, युवाले अभियानकै रुपमा घरदैलो र मतदाता शिक्षा अगाडि बढाइरहेको अनेरास्ववियु कास्की जिल्ला सचिवालय सदस्य विवेक ओझाले जानकारी दिएका छन् । ‘मत माग्ने मात्रै होइन, भएका मतलाई सुरक्षित गर्दै बदर हुन नदिन विद्यार्थी र युवा परिचालन गरेर मतदाता शिक्षालाई अगाडि बढाइरहेका छौं ।’ उनले भने ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.