www.tandavnews.com
Fact ~ In search of truth

‘सुकुम्बासीलाई लालपुर्जा दिनेछौं’ : खेम पुन

पाेखरा।

आसन्न स्थानिय तहको निर्वाचनमा पोखरा महानगरपालिका-३२ मा नेकपा (एमाले)का तर्फ बाट वडा अध्यक्ष पदमा उमेदवार दिएका खेम पुनसँगको कुराकानी:

१) तपाई दोस्रो पटक उम्मेदवार दिनुभएको छ । तपाईको जित्ने आधार के हो ?

Batas

मेरो जित्ने आधार भनेको नेकपा एमालेको विचार सिद्धान्त पार्टीको निष्ठा कार्यकर्तामा एकता हो । दोस्रो कुरा, जनतासँग हाम्रो पार्टीको सम्बन्ध राम्रो छ । नेकपा एमालेका सम्पूर्ण उम्मेदवार सबै मेयर, उपमेयर, वडा अध्यक्षलाई जनताले विश्वास गरेका छन् । घरदैलोमा जाँदा यस पटक एमालेलाई विजय गराउने भन्नु भएको छ । यस पटक उठेका उम्मेदवारहरु सबै सामाजिक हिसावले सबै क्षेत्रमा काम गरेको अनुभवी भएको हँुदा जनताको सहानुभुती हामी प्रति छ ।

२) पाँच वर्ष अघि तपाई लड्दै गर्दा झिनो मतान्तरले हार्नु भो । अहिलेको अवस्था कस्ताे छ ?

पहिलो निर्वाचनमा स्थानीय सरकारको काम कारबाहीको विषयमा जनतालाई जनकारी थिएन । त्यती बेला जनता अन्योलमा थिए अहिले स्थानीय सरकार वडामा कसलाई जिताउदा के हुने रहेछ भनेर जनताले बुझी सकेका छन् । यो पाँच वर्षमा जनताहरु के स्पष्ट देखिन्छ भने समग्र वडाको विकासका निम्ती नेकपा एमालेलाई जिताउनु पर्छ । नेकपा एमालेको सिद्धान्त सहि छ । उत्पीडन, लिंग जाती क्षेत्र र वर्गसँग समुदायको विचारसँग सम्बन्धित छ । यो वडाको समग्र विकासको निम्ती नेकपा एमालेलाई जिताउनु पर्छ भन्ने जुन खालको उत्साह देखिएको छ । स्थानीय तह सरकारको सन्र्दभमा जनता सुसुचित भएको देखिन्छ र मेरो नेतृत्वमा रहेको सिंगो टिम सहित मेयर उपमेयरलाई जिताउने जनताले प्रतिबद्धता जाहेर गरेका छन् । हिजो रहेका कामलाई पूरा गर्न अब नेकपा एमालेको नेतृत्व आवश्यक छ ।

३) तपाईले जित्नु भयो भने वडा नम्वर ३२ लाई कस्तो बनाउनु हुन्छ ?

यहाँ सुकुम्बासीहरुको समस्या छ यसलाई विधि प्रक्रियाबाट हल गरिने छ । यहाँ वडामा सेतो लालपूर्जाहरु छन् । यो लालपूर्जालाई रातो लालपूर्जामा परिणत गरिने छ र यहाँका कतिपय क्षेत्रमा बेगनास सिँचाइ परियोजना, रुपा फुस्र्रेखोलाको पानीले प्रभावित पारेको छ त्यसलाई संरक्षण गरिने छ । यहाँका शिक्षा, स्वास्थ्य, खानेपानीमा आमूल परिर्वतन गर्नेछौं । वडा नम्वर ३२ सुखि वडा र समृद्ध वडा बनाउने छौँ, र हाम्रो टिमले तत्कालिन गर्नुपर्ने काम विकास निर्माणका योजना, दीर्घकालिन रुपमा गर्ने कामको ।तय गर्ने छौँ । पाचँ वर्ष पछि यो वडा समृद्ध वडा सुखि वडा बासी बन्ने छन् भन्ने कुरा स्पष्ट खाका बन्ने गरि हामीले काम गर्ने छाँै।

४) तपाईलाई कति मतान्तरले जित्छु भन्ने लाग्छ ?

जनताको चाहाना आकांक्षालाई हेर्दा हामीले भारि मतले विजय हुनेछैँ ।

५) वडा नम्वर-३२का जनतालाई तपाईको अपिल के रहन्छ ?

तत्काल गरिबीको रेखामुनि रहेका जनताको सेवा गर्ने, सुकुम्बासीको समस्या समाधान गर्न मतादाताले विवेक पु¥याई यो पटक सूर्यमा मतदान गर्नुहुन अपिल गर्दछु ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.