www.tandavnews.com
Fact ~ In search of truth

पोखरा ११ को विकट मचारी क्षेत्रका मतदाता भन्छनः “विकासका लागि एमालेकै भर छ”

पोखरा।

पोखरा महानगरपालिका वडा नं ११ मा नेकपा एमालेका वडा अध्यक्ष सहितका उम्मेद्वारहरुले वडाभरकै सबैभन्दा विकट मानिएको मचारी क्षेत्र सहित विभिन्न स्थानका मतदाताहरुसंग भेट गरेका छन् ।

मचारी क्षेत्रमा एमालेका उम्मेद्वारहरु पुग्दा स्वागत गरेका स्थानीयहरुले आफूहरुले अहिलेसम्म सडकको ठूलो समस्या खेपेको गुनासो गर्दै सडक स्तरोन्नतीका लागि यसपटक एमाले उम्मेद्वारहरुकै भरोसा गरेको प्रतिक्रिया दिएका छन् । उक्त क्षेत्र पहिरोको समेत उच्च जोखिममा रहेको भन्दै स्थानीयहहरुले पहिरो रोकथामका लागि दिगो पहल गर्नका लागि पनि आग्रह गरेका थिए ।

Batas

स्थानीयको गुनासो सुनिसकेपछि वडा अध्यक्षका उम्मेद्वार मिनबहादुर गुरुङले मचारी क्षेत्रलाई पहिलो प्राथमिकतामै राखेर प्रतिवद्धता पत्र तयार भएको जानकारी गराए । साथै उक्त क्षेत्रको पहिरो व्यवस्थापनका लागि समेत बजेट विनियोजन गर्ने योजना प्रतिवद्धता पत्रमा समेटिएको बताए । प्रतिवद्धतापछि स्थानीयहरुले अवको भरोसा एमाले नै भएको भन्दै उम्मेद्वारहरुलाई विजयीको शुभकामना सहित मतदानको प्रतिवद्धता जनाए ।

आज नै उम्मेद्वारहरु सहितको टोली नमुना टोलमा पुग्दा टोल विकास संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्यले भव्य स्वागत गरे । साथै सिस्नेरी, कमेरेपानी, रानीबगर, भोटेको कुना, सिमलचौर लगायतका स्थानका मतदाताहरुले पनि उम्मेद्वारहरुलाई मददान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनीहरुले वडा नं ११ का ग्रामिण क्षेत्रमा यसअघि काँग्रेसबाट जित हासिल गरेका जनप्रतिनिधिले विकासमा ध्यान नदिएको आरोप लगाउँदै अब एमालेकै भर रहेको प्रतिक्रिया दिएका छन् ।

सोमबारको घरदैलो कार्यक्रममा नेकपा एमालेका गण्डकी प्रदेश सांसद एवं जिफण्ट राष्ट्रिय कमिटीका उपाध्यक्ष मिना गुरुङले औपचारिक र अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरुको हक हितका लागि श्रम डेस्कको स्थापना गर्ने योजना सुनाईन् । उनले श्रमिकहरुलाई सूचिकृत र पञ्जीकृत गरी योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अनिवार्य रुपमा समावेश गर्ने विषयलाई कार्यान्वयनमा ल्याउने प्रतिवद्धता जनाईन् ।

वडा नं ११ मा एमालेबाट अध्यक्षका उम्मेदवार मीनबहादुर गुरुङ, वडा महिला सदस्य चन्द्रा शर्मा तिवारी, दलित महिला सदस्य हेमाकुमारी नेपाली, र खुल्ला सदस्यमा विष्णुप्रसाद आचार्य र कार्लोस गुरुङ चुनावी मैदानमा छन् । पोखरा ११ मा चुनावी अभियान अन्र्तगत १ हजार १ सय ११ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरि प्रचारप्रसारलाई निकै उत्सापूर्वक रुपमा सञ्चालन गरिएकोे प्रचारप्रसार संयोजक मदनकुमार सुनारले जानकारी दिए ।

घरदैलो अभियानमा एमाले कास्की जिल्ला कमिटी सदस्य एवं वडा नं ११ का ईन्चार्ज बलबहादुर नेपाली, निर्वाचन परिचालन कमिटिका संयोजक सञ्जयकिशोर बास्तोला लगायत स्थानीय नेता कार्यकर्ताहरुको बाक्लो सहभागिता थियो ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.