www.tandavnews.com
Fact ~ In search of truth

नमूना मतदानमै मत बदर !

दमौली।

machhapuchre
madi

नेपाल पत्रकार महासङ्घ तनहुँ शाखा र निर्वाचन कार्यालयको संयुक्त आयोजनामा दमौलीमा गरिएको नमूना मतदानमै मत बदर भएको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज आयोजना गरिएको मतदानमा नगरप्रमुखमा तीन, उपप्रमुखमा एक, खुला सदस्यमा चार र दलित महिला सदस्यमा तीन मत बदर भएको मतदान अधिकृतको भूमिका निर्वाह गरेका शाखाका पूर्वअध्यक्ष प्रेमप्रसाद पौडेलले जानकारी दिए।

नगर क्षेत्रमै मत बदर हुनु दुःखद् रहेको भन्दै उनले मतदाता शिक्षालाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए नमूना मतदानमा ६१ जनाले मत दिएका थिए । निर्वाचन कार्यालका प्रमुख हरिप्रसाद ढकालले मतदाता शिक्षा प्रभावकारी बनाउन राजनीतिक दल र उम्मेदवार पनि लाग्नुपर्ने बताए।

मतदानका दिन गरिने सबै प्रक्रियाका बारेमा सर्वसाधारणलाई जानकारी दिन नमूना मतदान गरिएको जानकारी दिँदै उहाँले यसपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगरिएकाले राजनीतिक दल र उम्मेदवारले घरदैलो अभियानका क्रममै मतदातालाई मत हाल्ने तरिकाबारे सिकाउन आवश्यक छ उनले भने। “मतदानका दिन के के गर्नुपर्छ, मतदाताले कसरी मत हाल्नुपर्छ भन्ने जानकारी दिने उद्देश्यसहित नमूना मतदान कार्यक्रम गरिएको हो”, कार्यालय प्रमुख ढकालले जोड दिए, “यसले मतदाता शिक्षालाई प्रभावकारी बनाउने विश्वास लिएका छौँ ।” प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले मत बदर कम गराउन सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए।

स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन मतदातालाई निर्भिकतापूर्वक मतदानस्थसम्म पुग्ने वातावरण निर्माण गरिने उनको भनाइ थियो । महासङ्घका केन्द्रीय सदस्य प्रदीप काफ्ले, पूर्वअध्यक्ष प्रेमप्रसाद पौडेल, ओमकार आचार्यलगायतले मतदाता शिक्षालाई प्रभावकारी बनाउन सञ्चारमाध्यमबाट पनि सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे।

नमूना मतदानमा सहभागी व्यास नगरपालिका–२ की एलिना कुमालले आफू पहिलोपटक मतदानमा सहभागी हुन लागेकाले यो कार्यक्रमले सहज बनाएको बताउनुभयो । व्यास नगरपालिका–३ निवासी दुर्गाविलास भट्टराईले मतदाता शिक्षा कार्यक्रम कमजोर रहेकाले मतदातालाई मत हाल्ने तरिकाबारे सिकाउन आवश्यक छ भने ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.