www.tandavnews.com
Fact ~ In search of truth

‘हाम्रो नेतृत्वले युवाहरुलाई गाउँ फर्कन लालायित बनाउने छ’

पोखरा ।

माछापुच्छ्रे गाउँपालिका अध्यक्षका उम्मेदवार मिन बहादुर गुरुङले युवाहरुका लागि ‘गाउँ फर्क अभियान’ नै सञ्चालन गर्ने बताएका छन् । गाउँपालिकालाई सबै क्षेत्रमा आत्मनिर्भर बनाउने उद्धेश्यसहित युवाहरु राजेगारी र विकासका लागि शहर केन्द्रित हुन नपर्ने उनले बताए ।

नेपाली कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्ष उम्मेदवार गुरुङले भने,‘हाम्रो नेतृत्वले युवाहरुलाई गाउँमै फर्काउने छ । विकासका कुरा होस् या रोजगारीका कुरा, त्यो वातावरण हामी यहिँ सिर्जना गर्ने गरि योजना अघि बढाउने छौँ ।हाम्रो नेतृत्वले युवाहरुलाई गाउँ फर्कन लालायित बनाउने छ ।’ अथाह सम्भावना भएको पर्यटन क्षेत्रलाई चलायमान बनाउँदै पालिकाबासीको आर्थिक स्तरोन्नतीमा प्रत्यक्ष भूमिका खेल्नेगरि योजना तयार भएको उनको भनाई छ ।

Batas

कृषिमा पालिकालाई पूर्ण आत्मनिर्भर बनाउने अठोट रहेको बताउँदै उम्मेदवार गुरुङले वाचा गरेका हरेक काम समयमा नै कार्यान्वयन हुने प्रतिवद्धता ब्यक्त गरे ।

यस्तै, गाउँपालिका उपाध्यक्ष उम्मेदवार सिता अधिकारीले गाउँपालिकाको विकासका लागि कुनै हालतमा नेतृत्व परिवर्तन गर्न आवश्यक रहेको बताइन् । नेतृत्व परिवर्तन नभए पालिका थप ५ वर्ष पछाडी धकेलिने उनको जिकिर थियो ।

‘अहिलेको नेतृत्वको कमिकम्जोरी धेरै भए । यहिँ अवस्था अब पनि आइलाग्यो भने, फेरी तपाई विकास सूशासन लगायतका कुरामा ५ वर्ष पछाडि धकेलिनु हुनेछ । पछि पछुताउनु भन्दा अहिले सहि निर्णय लिनुस्’ उनले भनिन् । गाउँका महिलाहरुको स्वास्थ्यमा आइपर्ने समस्याबारे सम्बोधन गर्दै उनले स्थानीय सरकारले नै सहजिकरण गर्नेगरि काम अघि बढाइने प्रतिवद्धता जनाईन् ।

उपाध्यक्ष उम्मेदवार अधिकारीले भनिन्,‘कतिपय महिलाहरु आफ्नो स्वास्थ्य समस्या लुकाएर बस्नुपर्ने अवस्था छ । कति उपचार गर्न नसक्ने अवस्थामा पनि हुनुहुन्छ होला । पालिकाको नेतृत्व लिँदै गर्दा हामीले महिलाको स्वास्थ्यप्रति संवेदनशिल रहँदै समस्याको पहिचान र उपचारमा सहजिकरण गर्ने छौँ ।’

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.