www.tandavnews.com
Fact ~ In search of truth

पोखरा-१२ः वडाध्यक्ष उम्मेदवार देशभक्तका १० प्रतिबद्धता

पोखरा ।

पोखरा महानगरपालिका-१२मा नेकपा एमालेले देशभक्त केसीलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ । उनि यसअघिको निर्वाचनमा वडा सदस्यमा विजयी भएका थिए । सदस्यमा रहेर समाजमा उनले देखाएको सक्रियता र कार्यसम्पादनकै कारण पार्टीले उनलाई वडाध्यक्षमा उठायो ।

जोश, जाँगरसँगै वडामा समयानुकुल परिवर्तनका लागि युवा अघि बढेको देख्दा यहाँका स्थानीय पनि उत्साहित छन् । पार्टी भन्दा माथी उठेर वडाबासीले सहयोग गर्नेमा आशावादी देखिन्छन् देशभक्त । भन्छन्,‘वडा सदस्य हुनु अघि र भएपछि पनि वडाका हरेक नागरिकसँग प्रत्यक्ष सरोकार रहँदै आयो । प्रशासनिक कार्यका लागि वडा सदस्य भइसकेपछि थप नयाँ अनुभव पाएँ । नहुँदा पनि म समाजका हरेक तह तप्कासँग नजिक छु । आशा छ, पार्टीभन्दा माथी उठेर मलाई सहयोग गर्नुहुनेछ ।’

Batas

वडाध्यक्षका उम्मेदवार केसीले वडाको समृद्धिका लागि खाका पनि तयार गरेका छन् । ति मध्ये केही प्रतिबद्धता यहाँ बुँदागत प्रस्तुत छ :

१. वडामा रहेका कच्ची बाटो पक्की बनाइने र मूल सडकमा भएका खाल्डा खुल्डीलाई तत्काल मर्मत गरी व्यवस्थित बनाइने
२. मूल सडकहरुमा सडकबत्तीको व्यवस्थापन गरी उज्यालो वडा कायम गरिने
३. धार्मिक तथा ऐतिहासिक महत्व बोकेको श्री गणेश तथा भद्रकाली मन्दिरको परिसर संरक्षण तथा सम्बद्र्धनका लागि मन्दिर व्यवस्थापन समितिसँग समन्वय गरी प्रस्तावित गुरुयोजना कार्यन्वयनका लागि आवश्यक पहल गरिने
४. वडामा रहेका मठमन्दिर, मस्जिद, गुम्बा, चर्च, चौतारी एवं सार्वजनिक जमिनको संरक्षण र सम्बद्र्धन गरिनुका साथै उपयुक्त खुला सार्वजनिक स्थलमा आधुनिक पार्क निर्माण गरी निःशुल्क वाईफाई सेवा उपलब्ध गराउने
५. वडाभित्र रहेका सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न नयाँ प्रविधिको विकास गरी सर्वसुलभ शिक्षाको पहुँच प्रदान गरिने
६. वडाभित्र सञ्चालित सामुदायिक माध्यमिक विद्यालयमा वडा र विश्वविद्यालयको साझेदारीमा उच्च शिक्षा अध्ययनका लागि पहल गरिने
७. वडा नं १२सँग जोडिएका सिमा सडक, ढल, बत्ती लगायत भौतिक पूर्वाधार निर्माण तथा मर्मत सम्भारका लागि छिमेकी वडासँग समन्वय गरी साझेदारी कार्यक्रम सञ्चालन गरिने
८. आवश्यकता र समानुपातिक विकास गर्न वडाभित्र रहेका टोल विकास संस्था र आमा समूहहरुसँग समन्वय गरी योजना तथा कार्यक्रम सञ्चालन गरिने
९. वडाबासी ननागरिकलाई प्रदान गरिने सेवाप्रवाहलाई बिना भेदभाव सरल, सहज र पारदर्शी बनाई वडालाई भ्रष्टाचार मुक्त, सुशासनयुक्त नमुना वडा बनाइने
१०. फरक क्षमता भएका नागरिकको तथ्यांक संकलन गरी उनिहरुको समस्या समाधानका लागि पहल गरिने ।

पोखरा-१२मा नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा केसीसँगै महिला सदस्यमा लक्ष्मी कुँवर(रिमाल), दलित महिला सदस्यमा विष्णु विश्वकर्मा, खुला सदस्यमा निर्मल बहादुर थापा र शान्ती गुरुङ उम्मेदवार छन् ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.