www.tandavnews.com
Fact ~ In search of truth

रुपाको दलित बस्तीमा काँग्रेस उम्मेदवार : समावेशी गाउँपालिका बनाउने प्रतिबद्धता

पोखरा।

कास्कीको रुपा गाउँपालिकामा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दिएका प्रमुख र उपप्रमुखसहितको टोली यतिबेला चुनावी घरदैलोमा व्यस्त छ । घरदैलोको क्रममा मंगलबार गाउँपालिका प्रमुखको उम्मेदवार गीमाया गुरुङ र उपप्रमुख नारायणकुमार श्रेष्ठसहितको टोली रुपा २ स्थित थुम्की पुग्यो ।

थुम्कीको दलित वस्तीमा पुगेर घरदैलो कार्यक्रममा आफ्नो पक्षमा मत मागेको नेपाली काँग्रेसको टोलीले त्यहाँका मतदाताहरुको समस्या र गुनासाहरु पनि सुने । थुम्कीका दलित वस्तीका मतदाताहरुले समुदाय केन्द्रित काम गर्न सुझाव दिँदै यो पटक काँग्रेसले महिलालाई गाउँपालिकाको प्रमुखको रुपमा अगाडि सारेर राम्रो काम गरेको बताए । महिला प्रमुखबाट आफूहरुलाई अलिक बढि आशा बढेको उनीहरुको भनाई थियो ।

Batas

रुपा गाउँपालिकाको अध्यक्ष प्रत्यासी गीमाया गुरुङले आफ्नो सपना नै समावेशी गाउँपालिका भएका बताईन् । ‘गाउँपालिकालाई विभेदरहित र समावेशी बनाउने मेरो सपना हो । दलित समुदायलाई चुनावका लागि मात्र प्रयोग गर्ने नभई समावेशी रुपमा आरक्षण दिएर सँगसँगै हिँड्ने वातावरण बनाउनकै लागि मेरो उम्मेदवारी हो ।’ गीमायाले भनिन्–‘म आफै पनि महिलाको प्रतिनीधित्व गरेर यहाँसम्म आएकी हुँ । त्यसैले समावेशिताको सवालमा म बाट कुनै धोका हुनेछैन ।’

साथै थुम्कीका दलित समुदायले विकास निर्माणको सवालमा पनि दलित बस्तीलाई विशेष प्राथमिकतामा राख्न उम्मेदवारहरुलाई सुझाव दिए । उम्मेदवारहरुले सो सवालमा पनि आफूहरु निर्वाचित भएपछि गाउँपालिकालाई समृद्ध र व्यवस्थित बनाउने प्रतिबद्धता जनाए ।

मंगलबार मात्रै नेपाली काँग्रेसका उम्मेदवारहरुले रुपा गाउँपालिकाकै वडा नम्बर ५ खडागाऊँ, रामदी, मज्र्याङ्कोट लगाएतका स्थानमा मतदाताहरुलाई घरघरै पुगेर भेटेका छन् । उनीहरुले आफ्नो पक्षमा मत माग्दै जनताको काम गर्ने सवालमा आफूहरु सँधै कटिबद्ध भएर लाग्ने प्रतिबद्धता समेत जनाए ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.