www.tandavnews.com
Fact ~ In search of truth

मादीमा काँग्रेस छोडेर जनप्रतिनिधि एमाले प्रवेश

पोखरा ।

कास्कीको मादी गाउँपालिकाकी एकजना बहालवाला जनप्रतिनिधि नेकपा एमाले प्रवेश गरेकी छन् ।

नेपाली काँग्रेसबाट निर्वाचित मादी ११ कि दलित महिला सदस्य दुर्गा सुचिकार मंगलबार नेकपा एमाले प्रवेश गरेकी हुन् । कांग्रेस र माओवादी त्यागेर सदस्य सुचिकारको नेतृत्वमा मादीका २५ जना स्थानीय पनि मंगलबार एमाले प्रवेश गरेका छन् ।

Batas

उनीहरुलाई नेकपा एमालेबाट मादी गाउँपालिका अध्यक्ष उम्मेद्वार शिवबहादुर गुरुङ (महेन्द्र), उपाध्यक्ष उम्मेद्वार कल्पना गुरुङलगायतले एमालेमा स्वागत गरेका थिए ।

सुचिकार २०७४ सालको निर्वाचनमा २ सय ३१ मत ल्याएर दलित महिला सदस्य निर्वाचित भएकी थिइन् । उनकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी हरिदेवी विकले २ सय ९ मत र नेकपा एमालेकी निरा कामीले २ सय ७ मत ल्याएकी थिइन् ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.