www.tandavnews.com
Fact ~ In search of truth

बर्दियामा सडक दुर्घटना हुँदा एकको मृत्यु

बर्दिया।

बर्दियाको ठाकुरबाबा नगरपालिका–२ मा ट्रक र ई–रिक्सा एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा समान दिशातर्फ गइरहेका रा१क १८३ नंको ट्रक र भे१स ९५६२ नंको ई–रिक्सा ठाकुरबाबा नगरपालिका–१ सिंह बाहिनीचोक नजिक एकापसमा ठोक्किएर दुर्घटना हुँदा ठाकुरबाबा नगरपालिका–२ रानीपुर बस्ने पिउली धितालको दिउँसो २ बजे मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।

ट्रक चालक जिल्ला दाङ तुलसीपुर उपमहानगरपालिका–४ का वसन्त नेपाली र ई–रिक्साका चालक ठाकुरबाबा नगरपालिका–८ का दीपेन्द्र विकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.