www.tandavnews.com
Fact ~ In search of truth

मेयर जिसीले खानेपानी दिएनन्, मैले दिन्छु: धनराज

पोखरा।

पोखरा महानगरमा गठबन्धनबाट मेयरका साझा उम्मेदवार धनराज आचार्यले साविकको कालिका र माझठाना गाविस मिलेर बनेको पोखरा २८ मा खानेपानीको समस्या हुन नदिने बताएका छन् ।

पोखरा २८ को घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै लाखौंको खानेपानीको योजना परेको वडामा पानीकै समस्या हुनु लज्जास्पद भएको उनको जिकिर गरे । गठबन्धनबाट मेयरमा आफू र उपमेयरमा कोपिला रानाभाटसहित वडा तहमा पनि गठबन्धनको उम्मेदवारलाई जिताएमा जनताले पानीका लागि घण्टौंं हिड्न नपर्ने समस्या हल गर्ने बताए ।

Batas

वडा २८ को ओख्ले, आरुपाटा, डाँडा गाउँ, देउमाडी, माझठाना लाम्चे, सौर्य लगायतका अधिकांश भेगमा पानीको हाहाकार छ । यसअघिको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट पोखरा महानगरका मेयर बनेका मानबहादुर जिसी पोखरा २८ कै भए पनि ५ वर्षसम्म खानेपानीको समस्या उस्तै छ ।

मेयर जिसीले आफ्नो वडामा बाटो चिल्लो बनाए पनि दैनिक जीवनमा अतिआवश्यक खानेपानीमा ध्यान नदिएको उम्मेदवार आचार्यको टिप्पणी थियो । उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले आफू पनि सोही क्षेत्रका भएकाले यो पटक गठबन्धनको नेतृत्वमा पोखरा महानगरले मेयर उपमेयरसहित वडामा नेतृत्व पाएको खण्डमा विकासको गति तीव्र बनाउने बताइन् ।

कालिका, माझठानाको खानेपानी समस्याका लागि पनि यो पटक गठबन्धन आवश्यक रहेको उनको भनाइ थियो । पोखरा २८ बाट अध्यक्षका उम्मेदवार श्रीकृष्ण लामिछानेले महानगरकै वडा भए पनि राज्यबाट पाउने अधिकार नपाएको बताए ।

पोखरा २८ लाई सच्चिकै महानगरकै वडा बनाउनका लागि पनि आफूहरुको नेतृत्व आवश्यक रहेकाले वडाका मतदाताहरुलाई मतदान गरी जिताउने उनले आग्रह गरे । सो वडाको सदस्यमा गठबन्धनबाट इन्द्रकला विक, कमला थापा, डाल्डादेवी भुजेल र नारायण बजगाई उम्मेदवार छन्

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.