www.tandavnews.com
Fact ~ In search of truth

पोखरा २५ को झिर्झिकाका स्थानीयले सम्झिए एमाले जनप्रतिनिधिले गरेका विकासका काम

पोखरा।
पोखरा महानगरपालिका वडा नं २५ को उत्तरपट्टी रहेको झिर्झिका गाउँ वडाका अरु बस्तीमध्येमा विकट मानिन्छ । उक्त बस्तीमा एमालेले चुनाव केन्द्रित घरदैलो कार्यक्रम गरेको छ ।

घरदैलो पश्चात भएको कोणसभामा झिर्झिकाका पुराना बासिन्दा पदमलाल अधिकारीले एमाले जनप्रतिधिले गरेका विकासका काम स्मरण गरे । खानेपानीको समस्या समाधान, सडक बाटोको स्तरोन्नति, सामाजिक भवन निर्माण लगायतका विकासका काम सम्झिए र धन्यवाद दिए । उनले अब आउने जनप्रतिनिधिले पनि यसरी नै विकासका काम गर्न सुझाव दिए ।

झिर्झिकाको फलामे खेतबाट नयाँ सडक विस्तार, उन्नत खालको फलफुल खेतिमा जोड, होमस्टे प्रर्वद्वन गर्ने लगायतका काम आफ्नो गाउँमा गर्नुपर्ने माग राखे । मागलाई आत्मसात गर्दै वडाध्यक्षका प्रत्यासी तिर्थबहादुर केसीले स्थानीयको माग सम्बोधन हुने गरि काम गर्ने प्रतिवद्वता जनाए ।

Batas

साथै घोषणापत्रमा रहेका काम पुरा गर्ने महिलाका समस्या समाधान, युवालाई स्वरोजगार, उत्पीडितका समस्या समाधानलाई प्राथामिकता दिने बताए । प्रदेश कमिटीको सदस्य धर्मराज बाँस्तोलाले जनताको पार्टी एमाले भएकोले सात सुर्यमा सात छाप लगाएर एमाले उमेद्वारलाई विजयी गराउन आग्रह गरे ।

कार्यक्रम सञ्चालन वडा कमिटी सचिव देविप्रसाद अधिकारीले गरेका थिए । आसन्न स्थानीय तहको निर्वाचन केन्द्रित घरदैलो अन्तरगत फलामे खेत, याम्दी, आसपास, तिब्बतीयन क्याम्प आसपास घरदैलो गरिएको सचिव अधिकारीले जानकारी दिए ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.