www.tandavnews.com
Fact ~ In search of truth

हँसिया हथौडामा भोट हाल्न गाह्रो गर्नुभयो भने देश दुर्घटनामा जान्छ : अध्यक्ष दाहाल

चितवन । 

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनका काँग्रेसले अहिले हँसिया हथौडामा भोट हाल्न आग्रह गरेका छन्।

चितवनको भरतपुर महानगरपालिकामा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले सङ्घीयता विरोधीलाई परास्त गर्न गठबन्धन आवश्यक रहेको बताए।

Batas

“रुखवालाले हँसिया हथौडामा हाल्न निकै गाह्रो देखेँ, तराईतिर पनि त्यस्तै देखेँ”, उनले भने, “अहिलेको परिवेशमा हँसिया हथौडामा भोट हाल्न गाह्रो गर्नुभयो भने देश दुर्घटनामा जान्छ ।”

उनले आफू एकातिर गतिशील र अर्कोतिर आफू अस्थिर देखिए पनि सबैलाई शङ्का नगरी सकारात्मक पक्षले हेर्न आग्रह गरे।

“यो गठबन्धन राष्ट्रको, जनताको आवश्यकता हो र लोकतन्त्र र विकास समृद्धिको आवश्यकता हो ।” उनले भने।

उनले केपी ओलीको निरङ्कुश प्रवृत्तिलाई परास्त गर्न गठबन्धन गर्न आवश्यक रहेको बताए। अध्यक्ष दाहालले काँग्रेसका असन्तुष्टि पक्षलाई ईंगित गर्दै गठबन्धनमा साथ दिन आउन आग्रह गरे।

“लकिरको फकिर भएर लोकतन्त्रको रक्षा हुँदैन”, उनले भने, “सहकार्य सहमति ,मेलमिलाप अहिले पनि आवश्यक छ ।”

आफूलाई विश्वास गर्न सबैलाई उनले आग्रह गरे। “म त्यही पात्र हो जसले युद्धलाई शान्तिमा ल्याएको त्यही पात्र हो ।” उनले भने।  उनले केपी ओलीबाट धोका पाएको भन्दै ओलीबाट साँढे तीन वर्षमा केही नपाएको तर ज्ञान प्राप्त गरेको बताए।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.