www.tandavnews.com
Fact ~ In search of truth

सत्ता गठबन्धनले काठमाडौँमा आज चुनावी सभा गर्दै

काठमाडौँ ।

पाँच दलीय सत्ता गठबन्धनले आज काठमाडौँमा संयुक्त चुनावी आमसभा गर्दैछ । आज दिउँसो १ बजे काठमाडौँको शान्तिबाटिकामा हुने सभामा गठबन्धनका शीर्षनेताले सम्बोधन गर्नेछन् ।

सभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्षनेताले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस काठमाडौँका सभापति कृष्ण बानियाँ (सवुज)ले जानकारी दिए ।

Batas

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन दलहरूले स्थानीय आवश्यकतानुसार चुनावी तालमेल गरेका छन् । निर्वाचनको तयारीका लागि गठबन्धन दलले बिहीबार चितवनमा आमसभा गरेका थिए ।

रासस
–––

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.