www.tandavnews.com
Fact ~ In search of truth

गठबन्धनको वाचाः ५ वर्षमा सुविधा सम्पन्न अस्पताल

पोखरा।

गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदका उम्मेदवार धनराज आचार्यले पाँच वर्षभित्र पोखरा महानगरमा राम्रो सुविधा सम्पन्न अस्पताल बनाउने प्रतिवद्धता गरेका छन् । चुनावी आमसभा अन्तर्गत वडा १९ पुगेका आचार्यले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा विशेष महत्व दिने बताए ।

‘पोखरा महानगरका मेयर मानवहादुर जिसी बिरामी हुँदा पोखरामा राम्रो उपचार गर्ने अस्पताल नहुँदा झन्डै ज्यान गएन,’ उनले भने, ‘हेलिकोप्टरबाट काठमाडौं लगेर वचाउन सफल भएको घटना ताजै छ फेरि पनि त्यस्तो समस्या नआउने गरी सुविधा सम्पनन अस्पताल यहाँ जरुरी छ ।’ उनले पहाडी भूभागमा पूर्वाधारको क्षेत्रमा प्राथमिकता दिइने बताए ।

Batas

विकासमा सूचाकंमा ध्यान दिँदै भ्रष्ट्रचारमुक्त महानगर बनाउने प्रतिबद्धता उनले मतदातासँग व्यक्त गरे । ‘स्थानीय स्रोत, साधन प्रयोग गर्दै प्रदेश, केन्द्र सरकारसँगै अन्य दातृ निकायसँग सहकार्य सहकार्य गर्छाै,’ उनले भने, ‘१९ नम्बरबाट सिक्लेस पुग्ने पदमार्ग स्तरोन्नोति गरिनेछ ।

पोखराका सबै घरमा एक घर एक धारा अन्तर्गत खानेपानी पु¥याउनेछौं ।’ पुरुन्चौरमा रहेको कृषि क्याम्पसलाई थप परिमार्जित गरी आवश्यक विज्ञ उत्पादन गर्ने थलोको रुप्मा विकास गर्नका लागि पहल गरिने आचार्यले बताए । उपमेयर पदका उम्मेदवार कोपला रानाभाटले विकास खोजेको वडामा नेकपा एमालेको सरकार हुँदा विकासको कुनै अनुभूति नपाएको दाबी गरिन् ।

‘हामीलाइ जिताउनुस महानगरको महसुस गर्न नसकेका वडालाई प्राथमिकतामा राख्नेछौं,’ उनले भनिन, ‘पोखराका विभिन्न ठाउँमा थुप्रै समस्या छन् । समस्या समाधान गर्नका लागि गर्छाै ।’ पोखरा १९ मा वडाध्यक्षका उम्मेदवार पुष्पेन्द्र पाण्डेले इमान्दारीपूर्वक पाँच वर्ष जनताको माझमा रहेर काम गर्ने बताए ।

‘आफ्नो क्षमताले भ्याएसम्म दिगो विकासका लागि केन्द्रित हुनेछु,’ उनले भने, ‘यो बनाउँछु, त्यो बनाउँछु भन्दा पनि यहाँको समग्र विकास गर्नेछु । यहाँ धेरै विकास, निर्माणका सम्भावनाहरु छन् ।’ पुरन्चौरका स्थानीय बाटु नेपालीले नयाँलाई मौका दिने बताइन् । यसअघि एमालेलाई दिएको भोट काम नलागेको उनले सुनाइन् । ‘फेरि पनि उहीँ केही काम नगर्नेहरु भोट माग्दै आउँछन् । अब नयाँलाइ दिने हो,’ उनले भनिन् ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.