www.tandavnews.com
Fact ~ In search of truth

पोखरा-२१ का ‘सूर्य ध्वजावाहक उम्मेदवार’लाई मतदाताको सौहार्द स्वागत

पोखरा ।

स्थानिय तह निर्वाचन मिति नजिकिएसँगै चुनावी गतिविधिले पनि तिव्रता पाएको छ । विभिन्न राजनीतिक दलहरु मतदाता भेटघाटमा व्यस्त छन् ।

नेकपा एमालेका तर्फबाट पोखरा–२१ का उम्मेदवारहरु बिहीबार र शुक्रबार मतदाताको घरआँगन पुग्दा सौहार्द स्वागत पाए । रुद्राक्षको माला, अबिर र खादासहित उम्मेदवारहरुलाई स्वागत गरेका मतदाताले विजयको शुभकामना समेत दिए ।

Batas

बिहीबार पोखरा २१ स्थित चापाको चौर, मैदान, पुरानो साम्मी लगायतका क्षेत्रमा सूर्य ध्वजावाहक उम्मेदवारहरु पुगिरहँदा मतदाताहरुको स्वागतले माहौललाई हौसायो ।

चापाको चौरमा आयोजित सभामा बोल्दै नेकपा एमाले पोखरा २१ ईन्चार्ज अर्जुन गिरीले वियय सुनिश्चित रहेको जनाउँदै अब मतान्तर बढाउने तर्फ ध्यान केन्द्रित रहेको बताए । उनले भने ‘पोखरा २१ एमालेको लालकिल्ला हो भने अभियान मार्ग लालकिल्लाको पनि लालकिल्ला हो । हामी जित्छौँ, यस कुरामा कुनै द्धविधा छैन । कति मतान्तरले जित्छौँ भन्ने मात्रै हो ।’

नेकपा एमाले पोखरा २१का अध्यक्ष राजेन्द्र थापाले वडाको विकासका कार्यमा एमाले नै अग्रणी भूमिकामा रहेको उल्लेख गर्दै बाँकी कार्य पुरा गर्ने अभिभारा पनि एमालेकै उम्मेदवारहरुले पुरा गर्ने बताए ।

यस्तै पार्टीका तर्फबाट पोखरा-२१का वडाध्यक्ष उम्मेदवार दिपक प्रसाद सुबेदीले वडाको थप समृद्धीकालागि एकमात्र विकल्प एमाले रहेको बताए । मतदाताहरुलाई होस्टेमा हैसेका लागि आग्रह गर्दै भने ‘तपाईहरुको सल्लाह अनुरुप नै हामी अघि बढ्ने हो । यहाँका समस्याहरुबारे म जानकार छु । कतिपय कामहरु भएका छन्  । तर अझैपनि वडाको मुहार फेर्ने कामहरु बाँकी छन् । त्यसका लागि हामी योजना सहित तयार छौँ ।’

बिहीबार पोखरा ५का वडाध्यक्ष एवं महानगरका प्रवक्ता धनबहादुर नेपालीले वडावासीहरुलाई पार्टीको प्रतिबद्धताबारे जानकारी गराए । उम्मेदवारहरुबारे विभिन्न अफवाह फैलाइएकोबारे जानकारी गाराउँदै उनले त्यसको पछि नलाग्न आग्रह गरे । उनले महानगरका सबै सूर्य ध्वजावाहक उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गरे ।

शुक्रबार बृहत् र्याली सम्पन्न

नेकपा एमाले पोखरा २१ले शुक्रबार बृहत् मोटरसाइकल र्याली सम्पन्न गरेको छ । पोखरा २१को निर्मलपोखरी, कृष्ती लगायतका स्थानहरुमा ५ सय बढी कार्यकर्ताहरुको उपस्थितीमा र्याली सम्पन्न गरिएको हो ।

र्याली पछिको कोणसभालाई प्रदेश कमिटि सचिवालय सदस्य चन्द्र रोकाय ,नेकपा एमाले कास्की सदस्य हिरा गिरी, , पोखरा २१का ईन्चार्ज अर्जुन गिरी, पार्टीका वडाध्यक्ष राजेन्द्र थापा, अनेरास्ववियु पोखरा महानगरका अध्यक्ष डिएन लामिछाने, अनेरास्ववियु कास्की अध्यक्ष विजय पौडेल लगायतले सम्बोधन गरेका थिए । विकास र समृद्धीका लागि एमालेका सबै उम्मेदवाहरुलाई मत अपरिहार्य रहेको उनिहरुको भनाई थियो । सभाको संचालन वडा कमिटी सचिव रोशन भट्टराईले गरेका थिए ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.