www.tandavnews.com
Fact ~ In search of truth

एमालेको चुनाबी कार्यक्रम : एमालेलाई बिजय गराउन नेता अधिकारीको आग्रह

पोखरा।

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं संगठन बिभाग प्रमुख खगराज अधिकारीले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेलाई अत्याधिक मतका साथ बिजय गराईदिन मतदातालाई आग्रह गरेका छन् ।

नेकपा एमाले पोखरा ३१ ले शुक्रबार बेगनासताल मोहोरीयामा मेयर र उपमेयरका उम्मेदवार परिचय सहित आयोजना गरेको आमसभामा बोल्दै अधिकारीले देशको समृद्धि र बिकासको लागि नेकपा एमालेको सुर्य चिन्हमा मतदान गरि नेकपा एमालेलाई अत्याधिक मतका साथ बिजय गराईदिन आग्रह गरेका हुन् ।

Batas

यतिबेला गठबन्धन भित्र कुन चुनाब चिन्हमा मतदान गर्ने भन्ने अन्यौल रहेको भन्दै नेता अधिकारीले अन्यौल नभएको सुर्य चिन्हमा मतदान गरि एमालेलाई बिकास र समृद्धिको नेतृत्व सुम्पन समेत आग्रह गरे ।

उनले एमालेले यस पटक अनुभबी र सफल ब्यक्ति कृष्ण थापालाई मेयर र देशकै सफल उपमेयर भएर कार्य सम्पादन गरि सक्नु भएकी मन्जुदेबी गुरुङलाई उपमेयरको उम्मेदवारको रुपमा अगाडी सरेको भन्दै एमालेको जित सुनिश्चित रहेको दाबी पनि गरे । पोखरा ३१ मा पनि एमालेले अनुभबी र सक्षम ब्यक्तिलाई उम्मेदवार बनाएकोले सुखी र समृद्ध ३१ नम्बर वडाको लागि एमालेको बिकल्प नरहेको बताए ।

आफ्नो गृह वडा समेत रहेको पोखरा ३१ को घरदैलोमा समेत सहभागी बनेका अधिकारीले एमालेको नेतृत्वमा नै वडा भित्र शिक्षा, स्वास्थ्य र खानेपानी जस्ता क्षेत्रमा उल्लेखनीय काम भएको र यातायातको क्षेत्रमा बेगनासताल भञ्ज्याङ् तालबेसी सडकलाई रणनीतिक रुपमा प्राथमिकताका साथ पहल गरिएकोले यो काम अगाडि बढेको जिकिर समेत गरे ।

नेकपा एमाले ३१ले आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार कृष्ण थापाले लेखनाथ क्षेत्रलाई आफुले प्राथमिकताका साथ हेरेको भन्दै कम्तिमा पनि हप्ताको २ लेखनाथ क्षेत्रमा नै आएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने लेखनाथ तिर मेयर र उपमेयरका उमेदवार दुबै पारीका भए यतालाई हेर्दैनन कि भन्ने गुनासो पनि रहेको छ । म सबै ठाउँलाई समान रुपमा बिकास गर्ने प्रतिबद्धता बोकेर आएको छु । तपाईहरु बिच प्रतिबद्धता पनि व्यक्त गर्न चाहान्छु म कम्तीमा पनि हप्ताको २ यसै क्षेत्रमा आएर सेवा प्रदान गर्ने छु ।

बेगनासताल र फेवाताल बिच पर्यटकिय रुपमा जोड्न यातायातको सहज र दुर्त सेवा पनि आफ्नो योजनामा रहेको भन्दै थापाले एमाले कै नेतृत्व पालामा तालचोक बेगनासलताल सडकलाई चार लाईनको बनाउने कामको टेण्डर सम्झौता भईसकेकोले छिटै काम सुरु हुने दाबी गरे।
उपमेयर पदका उम्मेदवार मन्जुदेबी गुरुङ्गले विभिन्न अप्ठेराका बिच पनि गएको ५ बर्षमा एमाले नेतृत्वको महानगर टिमले सम्झन लायक धेरै काम गरेको दाबी गरिन। सुरुका १ बर्ष स्थानीय तहको कानुन नै नभएकाले कानुन बनाउनमा नै समय खर्च भयो । यो बिचमा धेरै कानुनहरु बनाईएका छन् । फेरि २ बर्ष पुग्दा नपुग्दै बिश्वब्यपी महामारीको रुपमा कोभिड आयो । यस बिचमा पनि पुर्वाधार निर्माणको क्षेत्रमा धेरै काम भएका छन् ।

धेरै सडकहरू कालोपत्रे भएका छन् भने वडा कार्यलयहरु निर्माणमा पनि धेरै प्रगति भएको छ।वडा नम्बर ३१ का केही सडकहरूलाई प्राथमिकतामा राखेर काम गर्नु पर्ने आवस्यकता आफुहरुले देखेको भन्दै निबर्तमान उपमेयर समेत रहनु भएकी गुरुङ्गले एमालेको सुर्य चिन्हमा मतदान गरेर एमालेलाई अत्याधिक मतका साथ बिजय गराईदिन आग्रह गरेकी छन् ।

कार्यक्रममा पोखरा ३१ का लागि एमालेबाट वडा अध्यक्ष पदका उम्मेदवार चिरञ्जीवी बन्जराले पोखरा ३१ मा मतदाताको उत्साहजनक प्रतिक्रिया पाईरहेको र आफ्नो टिमले जित्नेमा ढुक्क रहेको बताए ।

नेकपा एमाले पोखरा ३१ ले पुरानो बिरासत जोगाउने लक्ष्य सहित आमसभा, कोणसभा, मतदाता भेटघाट एवं घरदैलो कार्यक्रमलाई जारी राखेको प्रचार(प्रसार समितिका संयोजक एवं वडा कमिटीका सचीव पुरुषोतम अधिकारीले जानकारी दिए ।

स्थानिय तहको निर्वाचनका लागि पोखरा महानगरपालिकामा एमालेले कृष्ण थापालाई मेयर र मन्जुदेबी गुरुङ्गलाई उपमेयरको उम्मेदवार बनाएको छ भने वडा नम्बर ३१ बाट अध्यक्षमा चिरञ्जीवी बन्जरा, खुल्ला सदस्यहरूमा देबेन्द्र अधिकारी र बिनोदमणी लामिछाने, महिला सदस्यमा धनदेबी तिवारी र दलित महिला सदस्यमा तारा नेपाली चुनावी मैदानमा छन् ।

पोखरा ३१ नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं सगठन बिभाग प्रमुख खगराज अधिकारीको गृह वडा हो भने यो वडा एमालेको राम्रो जनाधार भएको क्षेत्र मानिन्छ । गत २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा यो वडाबाट सबै पदमा नेकपा एमालेका उम्मेदवार फराकिलो मतान्तरले बिजयी भएको थिए ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.