www.tandavnews.com
Fact ~ In search of truth

पोखरा–२१ः “गठबन्धनले भोट किन्न खोजेका छन् जनता बिक्दैनन्”

गंगा भुजेल
पोखरा, ताण्डव न्यूज ।

पोखरा–२१ कृष्तीका स्थानिय बासिन्दा कमल भुजेलले गठबन्धका उमेद्धवारले भोट किन्न खोजेका अारोप लगाएका छन । “गठबन्धनका मेयर उमेद्धवार धनराज आचार्य एउटा व्यवसायीक हुन् तर असल नेता हैनन,’ उनले भने, ‘जनताको मन काम गरेर जित्ने हो भोट किनेर पाउने वाला छैनन् ।” भुजेलले भने, ‘पोखरा–२१ त्यो ठाउँ हो जहाँ विकासको निम्ती नेकपा एमालेले पहल गरेको छ ।

एमालेको काम देखेर यहाँको जनताले एमाले बाहेक अरु विकल्प छैन भन्छन् ।’ कमलले गठबन्धको सरकारले एक वर्ष पुग्दा पनि कुनै काम गरेको नदेखेको र कुनै उद्धेश्य र योजना पनि नभएको नेकपा एमालेले कृष्टिमा गरेको घरदैलो कार्यक्रममा यो कुरा बताएका हुन् ।

Batas

नेकपा एमालेको घरदैलो कार्यक्रम कृष्तीका बक्रेक, साइभन्ज्याङ, माझगाउँ, खाम्पुर, खत्रीगाउँ, सिमलचौर, रान्नी छापस्वारा भालडाँडा लगायतका ठाउँमा सम्पन्न भएको नेकपा एमाले पोखरा–२१ कमिटीका अध्यक्ष राजेन्द्र थापाले जानकारी दिए ।

नेकपा एमाले प्रदेश कमिटीका सचिवालय सदस्यहरु चन्द्र रोकाह, युवराज पौडेल, केशव आचार्य,नेकपा एमाले कास्की जिल्ला सदस्य तथा पोखरा–२१ का इन्चार्ज अर्जुन गिरी लगायतले बोलेका थिए भने कार्यक्रमको सञ्चालन सचिव रोसन भट्टराईले गरेका थिए ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.