www.tandavnews.com
Fact ~ In search of truth

भ्रष्टाचारीलाई राप्रपाले कुनै पनि स्थान दिदैन : लिङ्देन

 पोखरा।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचार गर्ने जो कोहीलाई पनि पार्टीले स्थान नदिने प्रतिवद्धता जनाएका छन् । पोखराको मानवअधिकार चोकमा आज भएको चुनावी सभालाई सम्बोधन गर्दै लिङदेनले भ्रष्टाचार रहित देश निर्माणका लागि पार्टीलाई एक पटक भोट दिएर जिताउन पोखराका मतदातासंग आग्रह समेत गरे ।

पोखरालाई सिँगार्ने जिम्मा आफूहरुले लिने बताउँदै अध्यक्ष लिङ्देनले राप्रपाका उम्मेद्वारले जित हासिल गरेमा जनतालाई करमा छुट दिएर पनि अहिले भन्दा तिव्र गतिमा विकाश गर्ने बताए । उनले आफ्नो निर्वाचन क्षेत्र झापामा विकासका काम संगै जनताहरुलाई दिने सेवा उदहारणीय रहेको भन्दै देशैभर त्यस्तो विकाश गर्न चाहेको बताए ।

Batas

उक्त कार्यक्रममा राप्रपाका तर्फबाट पोखरा महानगरका मेयर शंकर खराल, उप मेयरका उम्मेद्वार रन्जना शेन पौडेलले पोखराको विकाशका लागि दत्तचित्त भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे । उनीहरुसँगै पोखरा महानगरको ३२ वटा वडामा कुल १ सय ३२ जनालाई उम्मेदवार बनाएको राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले जानकारी दिए।

कास्कीको हकमा अन्नपूर्ण, मादी, माछापुच्छ्रे र रुपा गाउँपालिका गरि जिल्लाभर १ सय ८१ जना उम्मेदवारलाई राप्रपाले चुनावी मैदानमा अगाडि सारेको छ । पार्टीले दिएको जानकारी अनुसार कास्कीमा ४९ प्रतिशत उम्मेदवारहरु चुनावी मैदानमा छ । अघिल्लो चुनावको तुलनामा यो पटक पार्टीको उम्मेदवार संख्या बढेको पनि राप्रपा कास्कीले जनाएको छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.