www.tandavnews.com
Fact ~ In search of truth

१४ जनामा कोरोना सङ्क्रमण, २१ निको

काठमाडौँ।

कोरोना भाइरसको सङ्क्रमण आज १४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार दुई हजार ७१६ जनामा कोरोना परीक्षण गर्दा १४ जनामा सङ्क्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २०५ जना रहेका छन् । पछिल्लो समय २१ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६६ हजार ७६८ पुगेको छ । निको हुने दर ९८ दशमलव ८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन ।

शून्य सङ्क्रमित भएको ३० जिल्ला पुगेका छन् । नेपालमा सङ्क्रमण दर १७ दशमलव ३ प्रतिशत छ । नेपालमा प्रति १० लाखमा ३९३ दशमलव ४ जनाको निधन भएको छ । हाल होम आइसोलेशनमा २०२ र संस्थागत आइसोलेशनमा तीनको उपचार हुँदैछ । विगत २४ घण्टामा ६९ हजार ६५६ जनाले खोप लगाएका छन् ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.