www.tandavnews.com
Fact ~ In search of truth

पाेखरा-११ का उम्मेदवार गुरुङ भन्छन ‘सुकुम्बासीलाई एक घर एक रोजगारीको ग्यारेण्टी गर्छाैँ’

पोखरा।

स्थानीय तहको चुनावी अभियान अन्र्तगत पोखरा-११ को घरदैलो कार्यक्रम अन्तिम चरणमा पुगेको छ ।

गत बैसाख १७ गतेबाट दिनहुँ जारी घरदैलो अभियानका क्रममा मतदाताहरुबाट आर्शिवाद ग्रहण गरेकाले यसपटक ११ नं वडामा एमालेका उम्मेदवार नै विजयी हुने पोखरा ११ निर्वाचन प्रचारप्रसार संयोजक मदन सुनारले दाबी गरे ।

Batas

“घरदैलोमा हामी जहा जहा पुग्यौँ, त्यहा रहनुभएका आमाबुवा दाजुभाई दिदीबहिनीहरुले यसपाली ढुक्क हुनुस हामी तपाईँहरुलाई जिताउँछौँ भन्नुभएको छ” उनले भने, यसपटक पोखरा ११ मा एमालेको जीत पक्का छ ।”

वडामा रहेका विभिन्न समस्याको पहिचान गरी बुँदागत रुपमा शंकलन गरिएको र निर्वाचन पछि ति सबै समस्याको समाधानका लागि कुनै कसर बाँकी नराख्ने वडा अध्यक्षका उम्मेदवार मिनबहादुर गुरुङले बताए । “हामीलाई जुन विश्वासका साथ मत दिने बाचा पोखरा ११ का जनताले गर्नुभएको छ, हामीले उहाँहरुको मत खेर नजाने गरी काम गर्ने बाचा बाँधेका छौँ उनले भने “यसपटक जनताको अपेक्षा र हाम्रो प्रतिवद्धता मेल खाने निश्चित छ ।”

आईतबार तुलसीमार्ग स्थित सुकुम्बासी बस्तीमा पुगेर उम्मेद्वार गुरुङले प्रत्येक आफूले जीत हासील गरेमा सुकुम्बासी परिवारबाट एक जनालाई रोजगारी दिने अभियान वडामा सञ्चालन गरिने प्रतिवद्धता समेत जनाएका छन् ।

घरदैलो कार्यक्रम अन्र्तगत आईतबार रामेश्वर मार्ग, गजेन्द्र मार्ग, भानु मार्ग “क”, शिवशक्ति मार्ग, महाकालेश्वर मार्ग, जनपथ टोल, हिमश्री टोल, रानीपौवा मार्ग, पुरानोधारा र अस्पताल मार्गका मतदातालाई भेटेर उनीहरुका सुझाव शंकलन तथा प्रतिवद्धता पत्र थमाएर उम्मेद्वारको परिचय समेत गरिएको संयोजक सुनारले जानकारी दिए ।

वडा नं ११ मा एमालेबाट अध्यक्षका उम्मेदवार मीनबहादुर गुरुङ, वडा महिला सदस्य चन्द्रा शर्मा तिवारी, दलित महिला सदस्य हेमाकुमारी नेपाली, र खुल्ला सदस्यमा विष्णुप्रसाद आचार्य र कार्लोस गुरुङ चुनावी मैदानमा छन् ।

पोखरा ११ मा चुनावी अभियान अन्र्तगत १ हजार १ सय ११ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरी प्रचारप्रसारलाई निकै उत्साहपूर्वक रुपमा सञ्चालन गरिएको सुनारले बताए

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.