www.tandavnews.com
Fact ~ In search of truth

पृथ्वीचोक बसपार्कलाई आधुनिक बसपार्कको रुपमा विकास गर्नेछौँ : धनराज आचार्य

पोखरा ।

पोखरा महानगरपालिकामा गठबन्धनका साझा मेयर पदका उम्मेदवार धनराज आचार्यले पृथ्वीचोक बसपार्कलाई आधुनिक बसपार्कको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार पोखरा ९ को चुनावी आम सभामा बोल्दै उनले गठबन्धन सरकारले जितेको दुई वर्ष भित्र नै सिटी बसपार्क बनाउने बताएका हुन् ।

उनले पोखरा महानगरपालिकालाई सुव्यवस्थित महानगर बनाउँदै पोखरा ९ मा रहेको अव्यवस्थित बसोबासलाई व्यवस्थित गराउने जिम्मेबारीका साथ आफु चुनावी मैदानमा होमिएको बताए । उनले पोखराको ल्याण्डफिल साइडको व्यवस्थापन गरी अन्तराष्ट्रिय विमानस्थललाई चाँडो संचालन गर्न पहल गर्ने बताए । उनले भने, “पोखराको फोहोर व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ । ल्याण्डफिल साइडको उचित व्यवस्थापन गर्न सकिएन भने अन्तराष्ट्रिय विमानस्थल चल्दैन । विमानस्थल नचल्दा हामी ऋणमा पर्छौं । त्यसैले यसको शिघ्र संचालनमा जोड दिनेछौं ।’

Batas

उनले पोखरा ९ मा अव्यवस्थित रुपमा बसेका नागरिकलाई हिजोको सरकारले लालपुर्जाको कथा सुनाए पनि व्यवस्थापन गर्न नसकेको आरोप लगाए । गठबन्धनको सरकारलाई महानगरमा जिताउँदा सो समस्या टर्ने गरी काम गर्ने प्रतिबद्धता उनको छ । उनले भने,“अव्यविस्थत बसोबासलाई व्यवस्थित गर्न उच्च भूमि सुधार आयोगसँग समन्वय गरी समस्याको समाधान गरिनेछ । लालपुर्जाको कथालाई हामी पुरा गर्नेछौं । मत दिएर विजय बनाइदिनुहोस् ।” बसपार्कको जग्गा बसपार्कलाई नै दिने र मुआब्जा दिएर वा सट्टा पट्टि गरेर व्यवस्थित गरिने उनको भनाई छ ।

पोखरा आसपासका गाउँमा बस्ने नागरिकलाई घरबाटै आउन जान सुविधा हुनेगरी बसको व्यवस्था गरिने उनले बताए । गठबन्धनको सरकार आएमा डाँडाकाँडामा बसोबास गर्नेहरु पोखरामा डेरा गरेर बस्नुपर्ने स्थिति नआउने जनाए ।

शिक्षा,स्वास्थ्य,खेलकुद र पर्यटनको क्षेत्रमा अहिलेसम्म नभएका कामहरु गर्दै गठबन्धन सरकार अगाडि बढ्ने उनको प्रतिबद्धता  छ ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.