www.tandavnews.com
Fact ~ In search of truth

छाङ्गरु र तिङ्करमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री पठाइयो

दार्चुला ।

आसन्न निर्वाचनका लागि व्याँस गाउँपालिका–१ को छाङ्गरु र तिङ्करमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री,कर्मचारी र सुरक्षाकर्मी पठाइएको छ । जिल्लाको सबैभन्दा विकट क्षेत्र रहेको सो स्थानमा नेपाली सेनाको हेलिकप्टरमार्फत सुरक्षाकर्मी पठाइएको हो ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले छाङ्गरु र तिङ्करमा हेलिकप्टरमार्फत निर्वाचनमा प्रयोग हुने सामग्री, निर्वाचन अधिकृत तथा सुरक्षाकर्मी पठाइएको जानकारी दिए । तिङ्करको छायालेकमा रहेको प्रहरी चौकीका लागि आवश्यक सामग्री पनि हेलिकप्टरमार्फत लगिएको उनले बताए ।

Batas

रासस
–––

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.