www.tandavnews.com
Fact ~ In search of truth

मदिरा ओसारपोसार तथा बिक्री वितरणमा रोक

वीरगञ्ज ।

आसन्न स्थानीय तहको निर्वाचनलाई लक्ष गरी पर्सा र बारा जिल्लामा यही वैशाख २७ गते राति १२ बजेदेखि मदिरा ओसारपोसार तथा बिक्री वितरणमा पूर्ण रुपमा रोक लगाइएको छ । दुबै जिल्लाका सुरक्षा समितिको निर्णयअनुसार निर्वाचन सम्पन्न नभएसम्मका लागि जिल्लामा मदिरा ओसारपोसार तथा बिक्री वितरणमा पूर्ण रुपमा रोक लगाइएको हो ।

भोलि राति १२ बजदेखि नेपाल भारत सिमामा आवागमन बन्दसँगै जिल्लाभर मदिरा ओसारपोसार तथा बिक्री वितरणमा पूर्ण रुपमा प्रतिबन्द लगाइएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । यता बारा जिल्लामा पनि बैशाख २७ गते राति १२ बजदेखि निर्वाचन सम्पन्न नहुञ्जेलसम्मका लागि जिल्लाभर मदिरा ओसारपोसार तथा बिक्री वितरणमा पूर्णरुपमा रोक लगाइएको त्यहाँका सहायक प्रमुख जिल्ला अधिकरी शिवराज सेडाइँले जानकारी दिए ।

Batas

रासस
––––

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.