www.tandavnews.com
Fact ~ In search of truth

पोखरा १३ः एकाबिहानै ‘सूर्य’ बोकेर उर्लियो जनसागर (फोटो फिचरसहित)

पोखरा ।

नेकपा एमाले पोखरा १३ले बृहत र्याली सम्पन्न गरेको छ । आज (मंगलबार) बिहान र्यालीसहित वडाका सबै क्षेत्रहरु परिक्रमा गरिएको हो ।

सूर्य अंकित झण्डा सहित उल्लेख्य कार्यकर्ता एवं शुभेच्छुकको उपस्थितीमा वडाका उम्मेदवारहरुले मतका लागि अपिल गरे ।

Batas

पोखरा १३मा नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा बसन्त बराल‘राजु’, खुला महिला सदस्यमा कृष्णकुमारी गुरुङ, दलित महिला सदस्यमा कमला विक, खुला सदस्यमा नीलकण्ठ सिग्देल र अमजत अलिमिया उम्मेदवार छन् ।

यसअघिको निर्वाचनमा एमालेकै उम्मेदवार दर्शन लामाले भारी मतले जित हासिल गरेका थिए । लामाको नेतृत्वमा वडामा विकास, सूशासन लगायतका कुरामा फड्को मार्यो । स्मार्ट वडाध्यक्ष भएको वडाका रुपमा देशैभर चर्चा समेत भएको थियो ।

यसपटक पनि पहिलेको भन्दा बढी मतान्तर सहित जित हासिल गरिने लामाले बताए । ‘मेरो ५ वर्षमा वडावासीकै सल्लाह सुझाव अनुसार काम गरेँ । केही योजनाहरु अझै बाँकी छन् । त्यसको पूर्णता अब अहिलेका उम्मेदवारहरु विजय भएपछि गर्नेछन्’,उनले भने,‘हामीले पहिलेको भन्दा बढी मतान्तर सहित विजय हासिल गर्नेछौँ र बाँकी विकासका कार्य पुरा गर्नेछौँ ।’

लामाले अहिलेका उम्मेदवारहरु सबै कोणबाट सक्षम रहेको जनाए । शैक्षिक, सामाजिक, चारित्रिक, नैतिक लगायत सफल नेतृत्वका लागि आवश्यक सबै गुण एमालेका उम्मेदवारमा रहेको दाबी गरे ।

उनले भने ‘अहिले हाम्रा वडाका उम्मेदवारहरु सक्षम हुनुहुन्छ । वडाध्यक्ष उम्मेदवार बसन्त बराल डबल डिग्री होल्डर हुनुहुन्छ । अन्य उम्मेदवारहरु पनि शैक्षिक योग्यतासँगै नेतृत्वका लागि सक्षम ब्यक्तिहरु हुनुहुन्छ । समाजका लागि योगदान गर्दै आएको टिमलाई नै हामीले ल्याएका हौँ ।’

 

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.