www.tandavnews.com
Fact ~ In search of truth

अटेरीको चुनाव खर्च : २ लाख ७१ हजार

पोखरा ।

अटेरी अभियानका स्वतन्त्र उम्मेद्वारहरुले चुनावी खर्च सार्वजनिक गरेका छन् । स्थानीय चुनावमा राजनीतिक भागबण्डाबिरुद्ध स्वतन्त्र उम्मेद्वारी दिएका पोखराका उम्मेद्वारहरुले चुनावी खर्च सार्वजनिक गरेका हुन् ।

हालसम्म अटेरी अभियान पोखराको चुनावी खर्च २ लाख ७१ हजार ५ रुपैयाँ खर्च भएको अटेरी अभियानका निर्वाचन अभियान संयोजक हरि कार्कीले बताए । ‘सुरुदेखि नै एकदम कम खर्चमा चुनाव लड्ने भनेर हामीले मिनिमाइज गरेका थियौं । सवारी, फोन, इन्टरनेट, कार्ययोजनापत्रमा गरेर हाम्रो २ लाख ७१ ह्जार रुपैयाँ चुनावमा खर्च भएको छ,’ उनले भने ।

Batas

खर्चमध्ये १ लाख ३ हजार ७ सय ५० रुपैयाँ कार्ययोजनापत्र बिक्रिबाट उठेको उनले सुनाए । अटेरी अभियानले चुनावी कार्ययोजनापत्र बिक्रि गरेर चुनाव लड्ने सुरुआतदेखि नै बताउँदै आएको थियो । बाँकी १ लाख ६७ हजार २ सय ५५ रुपैयाँ खर्च पनि ८० प्रतिशत सहयोगी दाताबाट प्राप्त भएको संयोजक कार्कीले सुनाए । पोखराबाट नगरप्रमुख सहित १७ जनाले अटेरी अभियान मार्फत स्वतन्त्र उम्मेद्वारी दिएका छन् ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.