www.tandavnews.com
Fact ~ In search of truth

घरदैलोका सहभागीसँग विद्याको भेट, युवाको बढ्दो सहभागिता

पाेखरा।

नेकपा एमाले पोखरा १५ को घरदैलोमा रहेका टोलीलाई प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले भेट गरेकी छन् । नवौं दिनदेखि जारी घरदैलो तथा मतदाता भेटघाटमा रहेका उमेद्वार सहित कार्यकर्ताको टोलीलाई भेट्न भट्टराई बनक्याप्पस स्थित प्रतिभा मार्ग पुगेकी हुन् । निकै छोटो समयको भेटघाटमा भट्टराईले उमेद्वार सबैलाई जितको शुभकामना दिइन् भने टोलीमा सहभागीलाई धन्यवाद दिएर फर्किइन् ।

युवाको स्वतस्फुर्त सहभागिता
निर्वाचनलाई लक्षित गर्दै सुरु गरेको घरदैलो र मतदाता भेटघाट कार्यक्रममा वडावासी युवायुवतीको स्वतस्फुर्त सहभागिता बढ्न थालेको छ । वडाका ५ जना उमेद्वार र समर्थकसहित आइतबार घरदैलोमा निस्किएको टोलीमा सहभागी युवायुवतीले उमेद्वारका लागि खुलेर भोट मागे । उनीहरुले अहिलेको युवा नेतृत्व यसअघि पनि आफ्ना विभिन्न सामाजिक कामले परिचित भइसकेको भन्दै यो नेतृत्वबाट धेरै आश गरेको प्रतिक्रिया दिए ।

Batas

गलेश्वर चोकबाट स्वतस्फुर्त घरदैलोमा सहभागिता जनाउन आएका संदेश केसीले पछिल्लो समय राजनीतिमा युवाहरुको आकर्षण बढ्नुमा सबैका लागि सुखद भएको प्रतिक्रिया दिए । उनको आशय थियो ‘नेतृत्व तहमा युवा पुगे पो हामी युवामा पनि हौसला बढ्छ, देशमै केही गर्छु भन्ने जाँगर चल्छ ।’ उनका छिमेकी युवा उमेद्वार आशिष भण्डारी खुल्ला सदस्य पदका लागि अहिले चुनावी मैदानमा छन् ।

यस्तै पोखरा अमिनतारा निवासी सारा गुरुङ भर्खर १२ कक्षामा पढ्दै छिन् । घरदैलोका क्रममा भेटिएकी उनले आफ्ना उमेद्वारका लागि स्वतस्फुर्त भोट माग्न आएको बताइन् । उनले आफू राजनीति बुझ्ने भइनसके पनि अहिलेका युवा नेतृत्व देखेरै समर्थनका लागि आएको बताइन् । उनले आगामी चुनावमा पहिलोपटक मतदान गर्ने पनि बताइन् ।

यता, केही दिनदेखि घरदैलोमै व्यस्त किरण गुरुङ प्रतिभा मार्ग निवासी हुन् । विकास र परिवर्तनका लागि राजनीतिमा पुस्ता हस्तान्तरण हुनुपर्छ भन्ने मान्यता राख्ने उनी उमेद्वारसँगै वडावासीलाई मतदाता शिक्षामा जोड दिइरहेकी छन् । विभिन्न संघ संस्थामा समेत अवद्ध उनले निर्वाचित भएपश्चात युवाको लागि कार्य योजना बनाएरै अगाडि बढ्न उमेद्वारलाई सुझाव पनि दिएको बताइन् ।

नवौं दिनदेखि जारी घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा पछिल्ला दिनमा युवाको स्वतस्फुर्त सहभागिता देखेर अझ उत्साहित भएको अध्यक्ष पदका प्रत्यासी तोरण बानियाँले बताए ।

लामो समयदेखिको निरन्तरको खटाईले थकानको महसुस भएपनि घरदैलोमा युवा भाइबहिनीको सक्रियता देख्दा थकान हराउनुका साथै आफूहरु जित नजिक रहेको प्रतिक्रिया दिए । उनले अहिलेसम्म झन्डै ७५ प्रतिशत घरदैलो कार्यक्रम सम्पन्न गरिसकेको जानकारी दिए ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.